site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्राविका विद्यार्थी बाह्रखरीमै कमजोर : सामुदायिक विद्यालयको शैक्षिकस्तर ‘चिन्ताजनक’
Ghorahi CementGhorahi Cement

जनकपुर । अहिले करिब सबै सामुदायिक विद्यालयमा बाल कक्षा सञ्चालन भएको छ । एक वर्ष लगाएर उक्त कक्षामा अक्षर चिन्न थालेपछि मात्र एक कक्षामा भर्ना लिइन्छ । निजी विद्यालयहरुमा पहिले पनि एक कक्षा पुग्न तीनवटा कक्षा उत्तिर्ण गर्नुपर्ने प्रावधान थियो ।  पाठ्यक्रम हेर्दा एक कक्षामा पुगेपछि नेपाली, गणित र अंग्रेजी अक्षर सहजै चिन्न सक्ने हुनुपर्छ भन्ने देखिन्छ । अहिले जतिको फोकस नहुँदा पनि एक दशक अघिसम्म तीन कक्षाबाट अंग्रेजी विषयको छुट्टै किताब पढाइ हुन्थ्यो । पाँच कक्षादेखि गणितमा जटिल हिसाबहरु दिइन्थ्यो ।

अहिले पनि पाँच कक्षाका विद्यार्थीलाई नेपाली किताब पढ्न नआउने, गणितको अक्षर चिन्नसमेत नसक्ने अवस्था पत्याउन स्वभाविक गाह्रो हुन्छ ।  तर, तराई मधेशको सामुदायिक विद्यालयमा शिक्षाको अवस्था यस्तै छ । आसमान नेपाल नामक बालबालिका तथा शैक्षिक क्षेत्रमा काम गर्ने एक गैरसरकारी संस्थाले हालै धनुषाका ५० विद्यालयमा एक सर्वेक्षण गर्दा यस्तो अवस्था देखिएको हो ।

Agni Group

आसमानले एकदेखि पाँच कक्षासम्मका विद्यार्थीमा जाँच लिँदा जम्मा २४ प्रतिशतले दुई अंकको भाग गर्न जानेका रहेछन् । पाँच कक्षाका विद्यार्थीलाई मात्रै जाँच लिँदा पनि ४६ प्रतिशतभन्दा बढीले भाग गर्न जानेको पाइएन ।  त्यस्तै, तीन कक्षामा पढ्ने ४६ प्रतिशत बालबालिकाले मात्र ‘ए, बी, सी, डी...’ लेख्न जानेका रहेछन् । पाँच कक्षा पढ्ने २८ प्रतिशत विद्यार्थीलाई ‘ए, बी, सी, डी...’ लेख्न पनि नआउने उक्त सर्वेक्षणले देखाएको छ ।

“यो त यो, पाँच कक्षामा पढ्ने २६ प्रतिशत बालबालिकालाई क, ख, ग... पनि लेख्न आउँदैन । भनेपछि कहाँ हो हाम्रो शिक्षाको स्तर ?,” उक्त सर्वे रिपोर्ट देखाउँदै आसमानका एक अधिकारीले बाह्रखरीसँग भने ।  कक्षाको हिसाबले पाँचमा पढ्ने तर, अ, आ, इ... लेख्न पनि नजान्ने विद्यार्थीको संख्या पनि १४ प्रतिशत रहेको छ । यी प्रतिवेदनले सामुदायिक विद्यालयमा भइरहेको लगानी बालुवामा खन्याएको पानी जस्तै रहेको सिद्ध हुन्छ । 

Global Ime bank

मुलुकलाई साक्षर घोषणा गर्ने अभियान अन्तिम चरणमा रहेको चर्चा भइरहँदा तराई मधेशका दलित तथा विपन्न समुदायका धेरै बालबालिकाले अझै विद्यालयको मुख हेर्न नसकेको यथार्थ छर्लङ्ग छ ।  सबै बालबालिकालाई अनिवार्य रुपमा विद्यालय पठाउन, विद्यालयमा भर्ना भइसकेकालाई नियमित उपस्थित गराउन र समग्र बालबालिकाको सिकाइ स्तर उकास्न आसमानले नर्वेजियन दुतावासको सहयोगमा ‘निक शिक्षा दिअ’ (असल शिक्षा देऊ) नामक परियोजना सुरु गर्न लागेको छ । 

धनुषाका चारवटा पालिकामा केन्द्रित उक्त परियोजनाले तीन वर्षे तालिका बनाएर शतप्रतिशत बालबालिकालाई विद्यालयमा भर्ना गराउने र शैक्षिक स्तरमा सुधार ल्याउने आसमानका कार्यकारी निर्देशक नवलकिशोर यादवले विश्वास व्यक्त गरे ।  जिल्लाको सबैलाई नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मिनिया गाउँपालिकामा सम्बन्धित पालिकाको शिक्षा शाखासँग समन्वय गरी परियोजना कार्यान्वयनको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।   

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  ०६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC