site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौंमात्र हैन देशका अधिकांश सहरमा वितरण गरिएको खानेपानी पुनः प्रशोधन नगरी खान हुँदैन । अर्थात् अमृतजस्तो पानीलाई विषतुल्य बनाइयो । अब प्राणवायु पनि सास फेर्न नहुनेगरी प्रदूषित हुँदैछ । ‘द न्यु योर्क टाइम्स’ अनलाइन संस्करणमा बुधबार प्रकाशित एउटा समाचार सामग्रीमा नेपालका विभिन्न सहरहरूको वायु प्रदूषणको अवस्था पनि दिइएको थियो । त्यसमा दिइएको जानकारीअनुसार सबैभन्दा प्रदूषित भएका बेला काठमाडौंको वायु प्रदूषण पीएम २.५ २६७ अर्थात् ‘विषालु’ स्तरको रहेको थियो । यसैगरी पोखराको २४३ (अति अस्वस्थ), विराटनगरको ५२९ अत्यन्त खराब, जनकपुरको ३३६ विषलु, बुटवलको २९७  विषालु, नेपालगन्जको ३४३ विषालु र धनगढीको ३४७ विषालु स्तरको रहेको थियो । त्यसो त वायु प्रदूषणको स्तर घटबढ भइरहन्छ तर नेपालका सबै प्रमुख सहरको हावा सास फेर्न योग्य छैन । हावामा विषालु तत्त्वको मापनको एउटा सूचक पीएम २.५ भन्दा जति कम हुन्छ उति राम्रो मानिन्छ ।      

जानी नजानी पानीलाई विषालु बनाउन थालिएको करिब ५० वर्ष भयो । मूलतः मानव मलमूत्र र रासायनिक पदार्थहरू जथाभावी मिसाएर सहरी क्षेत्रमा पानीलाई मानव प्रयोगका लागि अनुपयुक्त बनाइयो । अहिले घाँटी रसाउने पानी पनि किनेर खानुपर्छ । यस्तै रह्यो भने सहरका गरिबले पानी खान नपाएर मर्ने दिन आउन सक्छ । हावा र पानीबिना त जीवन नै सम्भव छैन । वायु प्रदूषण रोक्न प्रभावकारी उपाय अपनाउन सकिएन भने सास फेर्ने स्वच्छ हावा पनि त्यसरी नै किन्नुपर्ने दिन धेरै टाढा छैन । भारत र चीनका राजधानी सहरहरूमा सास फेर्ने हावा पनि बिक्न थालेको छ । हुनत, चीनले वायुको स्तरमा निकै सुधार गरेको छ भने नयाँ दिल्लीमा सरकारले हावा स्वच्छ बनाउने विभिन्न उपाय अपनाएको छ । तैपनि, वर्षका केही दिन त विद्यालय बन्द गर्नुपर्ने र बालबालिका र बूढापाकालाई घरैभित्र राख्नुपर्ने अवस्था छ ।

सरकारी विकासले नेपालका सबैजसो सहरलाई पनि दिल्लीकै बाटामा लगेको छ । विशेषगरी सवारी साधनबाट निस्कने धुवाँ र निर्माणबाट निस्कने धुलो नियन्त्रण गर्न नसकेकै कारण राजधानी उपत्यकालगायत नेपालका प्रमुख सहरहरू प्रद्रूषित भएका हुन् । नेपालको वायु प्रदूषण कलकारखानाबाट निस्कने कार्बनडाइ अक्साइडको भूमिका खासै धेरै छैन । नेपाल त कार्बन बेच्ने मुलुकमा पर्छ । यसको अर्थ के हो भने राज्यले गम्भीरतापूर्वक प्रयास गर्ने हो भने औद्योगिक विकासमा असर नपारीकनै वायु प्रदूषण नियन्त्रण गर्न सक्छ । खासगरी सवारी साधनबाट हुने प्रदूषण कडाइका साथ नियन्त्रण गर्ने र निर्माणाधीन योजना बेलैमा सम्पन्न गर्ने हो भने काठमाडौंको समेत वायु प्रदूषण सजिलै सामान्य स्तरमा झार्न सकिन्छ । अरू सहरको त झनै सजिलो हुन्छ । यसैले प्रत्येक प्रदेश सरकार र स्थानीय तहहरूले वायु प्रदूषणका लागि तत्काल कार्ययोजना बनाएर सहकार्य गर्नु आवश्यक देखिन्छ । सास फेर्ने हावा पनि किन्नुपर्ने दिन आयो भने अहिलेका शासकहरूलाई सन्तानले पक्कै क्षमा गर्नेछैनन् ।   

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC