विचार
भरत प्रसाद बञ्जारा
नेपालमा २०६२/६३ को जनआन्दोलनले राजतन्त्रको अन्त्यसँगै गणतान्त्रिक अवतारमा नयॉ नेपालको जन्म भयो । गणतान्त्रिक संविधान जन्माउने प्रसव पीडा नै दशक लामो भयो । नेपाल त सधैँ थियो नै शासनकाअवतारमात्र परिवर्तन हु‘दै गए कहिले राजतन्त्र, कहिले प्रजातन्त्र त कहिले लोकतान्त्रिक गणतन्त्रात्मक । नेपालको संविधान, २०७२ सँगै राज्य समानुपातिक, समावेशी गणतन्त्रात्मक, संघीय जस्ता विशेषण थपिएक छन् । दशकैपिच्छे मुलुकलाई नयाँ विशेषणसहितको अवतारमा बदिलइरहन यहॉ क्रियाशील सबै राजनैतिक पार्टी, बौद्धिक वर्ग, सामाजिक संस्था, कर्मचारी, अन्तर्राष्ट्रिय समुदायलगायत सबैले योगदान गरेको ढोल पिट्ने काम अब नियमितभित्रै पर्ने भइसकेको छ ।
सबै राष्ट्रवाद, कम्युनिस्टवाद, प्रजातन्त्रवाद, राजतन्त्रवाद, जातिवाद, धर्मवाद, क्षेत्रवाद आदि आदि उपनामधारीहरू नेपाल राज्यमा क्रियाशील छन् । सबैको अन्तिम लक्ष्य र नारा समृद्ध, एकताबद्ध नेपाल निर्माण नै हो । झट्ट हेर्दा लाग्छ, नेपाल राज्यलाई समृद्ध बनाउने शीर्षकमा ठेक्का खुलेको छ । अनि यी सबै वादीहरू आफैँलाई अब्बल ठेकेदारको सुचीमा राख्न तँछाड मछाड गर्दै प्रतिस्पर्धामा उत्रिएका छन् । नयॉ नेपालका ठेकेदारहरू भन्छन् हिजोका ठेकेदार अर्थात् राजतन्त्र र त्यसका भुरेटाकुरे ठेकेदार सामन्ती भए, शोसक भए, समावेशी भएनन् , जनताप्रति उत्तरदायी भएनन्, धर्म निरपेक्ष भएनन्, जातिवादी भए आदि इत्यादि । यिनको प्रमुख आपत्ति जन्मजात ठेकेदार हुने व्यवस्थाविरुद्ध थियो । कुनै व्यक्तिले एउटा परिवारमा जन्म लिएको भरमा राज्य चलाउने ठेक्का पाउनु प्राकृतिक न्यायको सिद्धान्तले पनि ठीक होइन भनेर जनतालाई सिकाइयो ( विभिन्न कम्युनिस्ट क्रान्तिका नाममा, प्रजातन्त्रका नाममा, अधिकारका नाममा, जातका नाममा, क्षेत्रका नाममा, धर्मका नाममा । यस्तै सिकाइबाट नेपाली जनतालाई नयॉ नयॉ राज्य चलाउने पद्धतिको चस्का लागिरह्यो ।अहिले पनि चोक, चौतारो, चिया पसल, भोज भतेर, सभा सम्मेलन जहॉ पुग्यो उहीँ नयॉ नेपाल अनि समृद्ध नेपालकै कुरा चल्छ।
लगभग बीस वर्षअगाडि म दश वर्षको हु‘दा विद्यालयमा एउटा कार्यक्रममा शिक्षक र विद्यार्थी नेताको भाषणमा सुनेको समृद्ध नयॉ नेपाल तीस वर्ष पार गरिसक्दा महसुस गर्न सकिन । त्यति बेला वर्षामा हिलाम्मे हुने गोरेटो बाटोमा मोटर गुड्न थालेको छ । पानी चुहिने विद्यालयको टिनको छाना ढलानमा परिवर्तन भइसकेको छ । स्कुल छेउमै रहेको नाङले पसल पक्की घरको सटरमा सरेको छ । विद्यालयमा कम्युटर अनुदानमा आएका छन् । हाम्रा पालामा हात काटेर रगतले लेख्ने चिठ्ठीको रूप बदलिएर फेसबुकबाट तत्काल उत्तर पाउने प्रविधिको प्रयोग हुनेमा पुगेको छ । थुप्रै भौतिक परिवर्तन भएको देखिन्छ तर मेरो मनले समृद्ध नयॉ नेपालको पाइलो भेटेन । कस्तो सपना हो जति भएपनि पुरा नहुने १
आज जन्मजात ठेकेदारी (राजतन्त्र) प्रथाको अन्त्यपछि खुला प्रतिस्पर्धात्मक पद्धतिको विकास भएको छ । नेपाल राज्यको विशेषण सँगसँगै बदिलएको छ समृद्ध नेपाल निर्माणको ठेक्का प्रक्रिया । नयॉ संविधानले जन्माएको समृद्ध नयॉ नेपाल निर्माणका पहिलो ठेकेदारको ठेक्कालाई त्यही कानुनमार्फत नै अर्का प्रतिस्पर्धीले बदर गरिदिएका छन् । जन्मजात ठेकेदारी प्रथामा एउटालाई एकपटक मारेपछि नियमबमोजिम दोस्रोले ठेक्का पाइहाल्थ्यो । कुनै रङ्गमञ्चको आवश्यकता थिएन, कसैलाई आरोपप्रत्यारोप लाउनु पर्थेन । सजिलैसँग सत्ता हस्तान्तरण हुन्थ्यो जन्मजात उत्तराधिकारीलाई ।
हिजो कुशल र सक्षम भनेर नियुक्ति दिएको ठेकेदारलाई नौ महिनामै अक्षम र असफल घोषणा गरिदिएको छ वानेश्वरको रङ्गमञ्चले । अहिले रङ्गमञ्च पुनः तातेको छ नयॉ ठेकेदार चयनका लागि । सबैलाइ चटारो छ मञ्चमा गएर आफ्नो कला प्रस्तुत गर्ने । प्रतिस्पर्धी कलाकारलाई शब्दवाणबाट नाङ्गो पार्न अभ्यस्त भइसकेका छन् सबै कलाकार । रङ्गमञ्चको नाम, विधि, प्रक्रिया र प्रयोग हुने केही प्राविधिक शब्दमात्र फरक छन् कलाकार उही, कलाकारिता उही, अनि रङ्गमञ्च पनि उही ?
सकारात्मक सोचसहित समृद्ध नेपाल निर्माणका लागि जनताले चुनेर पठाएका कलाकार नै गलत त परेनन् भन्ने झट्का लागिरहेको छ मलाई । मेरो बालमानसले बुझेको समृद्ध नेपाल मानसपटमै सीमित रहने निश्चित जस्तै छ रङ्गमञ्चका कलाकारको ढंगमरु कला हेर्दा । अहिले आएर ती युरोप अमेरिका भास्सिएका साथीको भनाइ झल्झल्ती सम्झन्छु ( हेर केटा१, समृद्ध नयॉ नेपाल त कलाकारहररूका लागिमात्रै हो हामी कामदारका निम्ति त सुख, शान्ति र समृद्धि छ जहाँ हुन्छ त्यहीँ हुन्छ नयॉ नेपाल । आखिर जहॉ गए पनि हामी नेपाली नै त हो नि ।
अब पनि जनतासँग वानेश्वरको रङ्गमञ्चको भरोसाको विकल्प देखिँदैन । ती ६०१ कलाकारले पटकपटक समृद्ध नेपाल निर्माणको लागि अक्षम ठेकेदार छान्ने गल्ती जो गरिरहनेछन् ।
प्रकाशित मिति: मंगलबार, साउन १८, २०७३ १५:११
प्रतिक्रिया दिनुहोस्