site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
चीनमा ‘फेसियल रिकग्निसन’ ले नागरिकमा कस्तो असर पार्दैछ ?  
Sarbottam CementSarbottam Cement

एजेन्सी । प्रविधिले विश्वलाई धेरै सानो बनाइसकेको छ भने यसैमार्फत मान्छेको जीवनमा सुधार ल्याउनु नै यसको सबैभन्दा महत्वपूर्ण उद्देश्य रहँदै आएको छ । तर चीनमा भने त्यही प्रविधि देशका नागरिकलाई नियन्त्रण गर्न व्यापक प्रयोग भइरहेको पाइएको छ । यसले जनताको स्वतन्त्रतालाई जोखिममा पार्नुका साथै शक्ति दुरुपयोग समेत वृद्धि गर्ने बताइएको छ । यसरी चीनले आगामी पीढीको प्रविधिमा अहिले नै आफ्ना नागरिकहरुलाई बानी पारिरहेको छ जसको सबैभन्दा ठूलो उदाहरण ‘फेसियल रिकग्निसन टेक्नोलोजी’ अर्थात कम्प्युटरबाट अनुहार पहिचान गर्ने प्रणाली हो । 

चीनमा सो प्रविधिबाट पैसा समेत निकाल्न सकिन्छ अर्थात एआइ क्यामरालाई आफ्नो मुख देखाएपछि त्यसले हाम्रो पहिचान गर्छ र हामीले चाहे अनुसार आफ्नो अकाउन्टबाट पैसा निकाल्न सक्छौँ । त्यस्तै एयरपोर्टमा चेक–इनका लागि समेत यही प्रणालीको प्रयोग हुन थालिसकेको छ र यसका साथै कुनै सामान खरिद गर्न पनि यो प्रविधि मार्फत केबल ५ सेकेन्ड मात्र लाग्ने गर्दछ । यसरी नयाँ प्रविधिको प्रयोगमा चीन विश्वमै अगाडि रहेको यसबाट पनि साबित हुन्छ । यस्तोमा अहिले चीनका सबै सुरुवाती कम्पनीहरुले भविष्यसम्म यसै प्रणालीमा सबैलाई निर्भर राख्ने प्रतिबद्धता जनाएका छन् । ‘यिटु’ जस्ता कम्पनीहरुले भविष्यका स्मार्ट सिटीको विकास सुरु गरिसकेका छन् जहाँ फेसियल रिकग्निसन दैनिकी बनिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यो प्रणाली अब मान्छेले के सोचिरहेको छ भन्ने पत्ता लगाउन समेत प्रयोग गर्न सकिने बताइएको छ । यसले मानिसको भावना पहिचान गर्न सक्ने विज्ञहरु बताउँछन् र चिनियाँ कम्पनीहरु यस्तै नयाँ आधुनिक प्रविधि निर्माण गर्नमा काम गरिरहेका छन् । तर अर्कोतर्फ चिनियाँ सरकारले भने यो प्रविधि मार्फत अन्य उद्देश्य पनि पूरा गर्न चाहिरहेको देखिएको छ । सरकारले यसअघि यो प्रविधिमा आधारित क्यामरा देशभर जडान गर्ने योजना सार्वजानिक गरिसकेको छ जुन सोसल क्रेडिट सिस्टम अन्र्तगत पर्दछ । १.४ अर्ब जनतामाथि नजर राख्न चिनियाँ सरकार अनुहार पहिचान प्रणालीको प्रयोग गर्न चाहान्छ । यसले सरकारी निकायलाई व्यक्तिको भावनादेखि उनीहरुको हरेक व्यक्तिगत क्रियाकलाप माथि नजर राख्न पहुँच दिनेछ । अहिले नै चीनभर १७ करोड क्यामरा जडान भइसकेका छन् भने आगामी तीन वर्ष भित्र ४० लाख नयाँ क्यामरा इन्स्टल हुनेछ ।

यसरी सरकारी निकायहरुले यो प्रविधिले नागरिकको सुरक्षा बढाउने दाबी गर्दै आएका छन् र कसैसँग केही लुकाउने कुरा भएन भने डराउनुपर्ने कुनै कुरा नहुने उनीहरुको मान्यता छ । तर सबैले त्यसप्रति सहमति जनाएका छैनन् । 

Global Ime bank

जस्तै एक म्यागजिनका सम्पादक हङ जेन्कुइलाई जहाँतहिँ जडान क्यामराले हरक्षण आफूलाई हेरिरहेको जस्तो हुन्छ । जुन वास्तवमै डरलाग्दो कुरा भएको उनी बताउँछन् । सरकारी निकायहरुले अहिले नै ससानो गलती जस्तै बाटो काट्दा ट्राफिक नियम पालन नगर्नेलाई समेत यो प्रविधि मार्फत पहिचान खुलाएर सार्वजानिक गरि शर्मनाक पार्ने गरेको छ ।

अर्को उदाहरण भनेको बेइजिङमा सार्वजानिक शौचालयबाट मान्छेले ट्वाइलेट पेपर नचोरुन् भनेर फेसियल टेक्नोलोजीको प्रयोग भइरहेको छ । त्यस्तै चीनभर सुरक्षाकर्मीहरुले क्यामरा जडित सनग्लासेस लगाएर नागरिकहरुमाथि निगरानी गरिरहेका छन् । यसले वान्डेडमा रहेका अभियोगीको पत्ता लगाउन मद्दत गरिरहेको उनीहरु बताउँछन् ।

यस्तोमा प्रविधि विकाससँगै सरकारी निकायले यस प्रणालीको दुरुपयोग गर्नेप्रति धेरै नागरिक चिन्तित छन् । यसरी दै्रनिक जीवनमा हरक्षण निगरानीमा रहँदा सरकारलाई मन नपर्ने कुनै पनि किसिमको काम कसैले गर्न पाइँदैन । यो सर्वाधिकारवाद भएको केही नागरिकहरुको गुनासो छ । विशेषगरी उइगर मुसल्मान लगायतका केही अल्पसंख्यक समुदायहरु सो प्रविधिका कारण जोखिममा परिरहेको बताइएको छ । अन्तराष्ट्रिय समुदायले पनि सो प्रणाली नागरिकहरुको मानव अधिकार विरुद्ध भएको भनि आलोचना गरेका छन् । द इकोनोमिस्ट 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  ०५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC