site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जाडोमा करिब ८० प्रतिशत मानिसमा छाला सुख्खा हुने समस्या
Sarbottam CementSarbottam Cement

काठमाडौं । जाडो महिनामा मौसमको आद्र्रता कम हुने हुँदा छाला सुख्खा हुँदै जाने चिकित्सकहरुले बताएका छन् । छाला रोग विशेषज्ञका अनुसार हातखुट्टा फुट्ने, ओठ फुट्ने, छाला सुख्खा हुने कपाल सुक्खा भएर फुरुङ्ग देखिने हुन्छ । 

छाला रोग विशेषज्ञ डा. सविना भट्टराईले जाडो महिनामा शरीरमा विभिन्न किसिमका एलर्जीहरु पनि देखा पर्ने बताइन् । “जाडोमा हातखुट्टा सुनिने समस्यापनि धेरै देखिन्छ, घाममा बस्ने आगो ताप्ने हिटर ताप्ने गर्छौ । जसले गर्दा छालामा भएको चिल्लोलाई सोसेर छालालाई सुख्खा बनाउँछ,” उनले भनिन् “उलनको कपडाले एलर्जी भएर शरीर चिलाउने र पोल्ने हुन्छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनले जाडोयाममा हिटर ताप्ने, घाममा बस्ने गर्दा शरीरमा पानीको मात्रा पनि कम हुने हुँदा प्रशस्त मात्रामा मनतातो पानी पिउनु पर्दछ । किनभने हातखुट्टा धेरै फुट्नुको कारण पनि शरीरमा पानीको मात्रा कम हुनु रहेको बताइन् । 

जाडोमा घाममा बस्दा वा घरबाहिर निस्कँदा ‘सन्सक्रिम’मा बढी एसपीएफ भएको प्रयोग गर्नु पर्ने उनको सुझाव छ ।  

Global Ime bank

त्यसैगरी जाडो मौसममा करिब ७० देखि ८० प्रतिशत मानिसलाई छाला सुख्खा हुने समस्याले सताउने गरेको छाला रोग विशेषज्ञ डा. धवेन्द्र कर्णले बताए । 

“शरीरको तुलनामा बाहिरी वातावरणको तापक्रम कम हुन थालेपछि हाम्रो शरीरबाट तापसँगै हामीले नदेख्ने गरी पानीको कण पनि बाहिर निस्किरहेको हुन्छ । जसले गर्दा छाला सुख्खा हुने समस्या देखापर्छ, अर्को जाडोको एलर्जी हुने व्यक्तिको पनि छाला सुख्खा हुन्छ,” उनले भने “दमको समस्या हुनेहरूको शरीरको सम्पूर्ण छाला सुख्खा हुन्छ । मधुमेह, उच्च रक्तचाप, थाइरोइडको समस्या साथै शरीरमा विभिन्न किसिमका भिटामिनको कमी भएकाहरूको छाला पनि सुख्खा हुन्छ ।” 

छाला रोग विशेषज्ञहरुले जाडो मौसममा छाला सुन्दर राख्न र विभिन्न रोगबाट बच्न ओलिभ (जैतुन)को तेल, ओखर, एभोकाडोजस्ता चिजको नियमित प्रयोग गर्नु सुझाव दिएका छन् ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC