site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जनअपेक्षाअनुसार काम गर्न मन्त्री बस्नेतको कर्मचारीलाई निर्देशन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं ।  वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गुणात्मक परिवर्तनको जनअपेक्षा पूरा गर्ने गरी कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रालयको दोश्रो चौमासिक समीक्षा बैठकमा बुधबार मन्त्री बस्नेतले परम्परागत तरिकाले काम गर्ने प्रवृत्ति अन्त्य नभएसम्म ‘सुखी नेपाली, समृद्ध नेपाल’ राष्ट्रिय अभिभारा पूरा गर्न असम्भव रहेको बताए ।

निरन्तरताको कार्यक्रम र कार्यशैलीले परिणाम पनि निरन्तरतामै आउने भन्दै उनले तीव्रतामा काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिए । “काम गराइको पूरानो शैलीबाट गुणात्मक परिवर्तनको जनअपेक्षा पूरा हुन सक्दैन,” मन्त्री बस्नेतले भने, “निरन्तरताको कार्यक्रम र कार्यशैलीले परिणाम पनि पूरानै आउँछ ।”
मन्त्री बस्नेतले मन्त्रालयको वार्षिक पुँजिगत र वित्तीय खर्चको लक्ष्यअनुसार काम गर्न निर्देशन दिँदै काममा अप्ठेरो आइपरे मन्त्रीका हैसियतमा सहजीकरणका लागि तयार रहेको स्पष्ट गरे ।

यस्तै उनले बढ्दो वातावरण प्रदूषण रोक्न उद्योग, भौतिक, सहरी विकास र गृह मन्त्रालयका साथै महानगर र नगरपालिकाहरुसँगको समन्वयमा प्रभावकारी कदम चाल्न वातावरण विभागलाई निर्देशन दिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC