site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यस कारण सन्तोष पन्तले बनाउन लागे ‘हिजो आजका कुरा’
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन्तोष पन्त जहाँ गए पनि जसले भेटे पनि सबैले सोध्ने एउटै प्रश्न हो – ‘हिजो आजका कुरा’ कहिले आउँछ ?

टेलिभिजनले लगानी गरेर बनाउन सक्तैन । स्पोन्सर खोज्न उनको क्षेत्र परेन । विज्ञापन एजेन्सीको मात्रै भर परे कार्यक्रम कहिले कतिखेर कार्यक्रम बीचमै बन्द गर्नुपर्ने हो, ठेगान हुँदैन । त्यसैले सन्तोषको जवाफ रहने गथ्र्यो, ‘हेरौं समयले साथ दियो भने आउला नि !’

कार्यक्रममा जाँदा होस् अथवा अस्पताल सबैको जिज्ञासाबाट प्रष्ट हुन्थ्यो, दर्शकले कार्यक्रम ‘हिजो आजका कुरा’ खोजिरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नखोजुन् पनि किन नेपालमा टेलिभिजनको सुरुआति चरणमै आएको पहिलो हास्य टेलिशृंखला थियो, ‘हिजो आजका कुरा’ । समसामयिक विषयमा तीखो व्यङ्ग्य प्रहार उनको कार्यक्रको विशेषता थियो । सामाजिकदेखि राजनीतिकसम्म, देशदेखि विदेशकासम्म । 

सन्तोषलाई पनि कार्यक्रमको अभाव नखट्किएको होइन । उनले सुरु गरेको कार्यक्रमको नक्कल गरिएका हास्यशृंखला लोकप्रिय भए । उनले आफ्नै कार्यक्रममा अवसर दिएका कलाकारका कार्यक्रम लोकप्रिय भइरहेका बेला सन्तोष भने हात बाँधेर बसिरहेका थिए । 

Global Ime bank

‘तीतो सत्य’, ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’ जस्ता थुप्रै हास्य टेलिशृंखला आए । तर, सन्तोष ‘हिजो आजका कुरा’ लिएर फर्किएनन् । 

टेलिभिजनमा हास्य टेलिचलचित्रले एक छत्र राज गरेपछि बिस्तारै युट्युबको प्रयोग बढ्यो । ‘टेलिभिजन सो’ पनि टेलिभिजनमा भन्दा पनि युट्युबमा हेर्न थालियो । दर्शक टेलिभिजनबाट युट्युबमा ‘सिफ्ट’ भएपछि पनि हास्य टेलिशृंखलाकै बोलाबाला रह्यो । तर पनि सन्तोषको ‘हिजो आजका कुरा’ आएन । 
उनलाई हामीले सोध्यौं– युट्युबमा नै किन नहोस् हास्य टेलिशृंखलाकै वर्चस्व छ, तर तपाईं किन फर्किनु भएन ? 

“युट्युबका लागि निर्माण गर्दा पनि लगानी लाग्छ नै । टेलिभिजनको टेन्डर लगायतका झन्झटिला पक्ष यसमा नभए पनि निर्माणका हिसाबले खर्च उही नै हो, त्यसैले त्यसतर्फ सोचिएन,” उनको जवाफ थियो । 

सन्तोष पन्त काँचको पर्दामा हेर्ने ‘हिजो आजका कुरा’ त लिएर आएनन् तर सेतो पर्दामा हेर्न मिल्ने चलचित्र लिएर आउने भएका छन् । ‘हिजो आजका कुरा’ नामक फिचर फिल्म लिएर आउने उनले घोषणा गरिसकेका छन् ।

दर्शकले सोधेको टेलिशृंखला कहिले आउँदैछ भन्ने थियो तर उनी कथानक चलचित्र लिएर आउने भए । 

किन ? 

“टेलिशृंखला बनाउन सम्भव नभएपछि फिचर फिल्म बनाउन लागेका हौं,” उनले भने । 

झन्डै दुई दशक प्रशारण भएको ‘हिजो आजका कुरा’ कथानक चलचित्रको ‘भर्जन’ मा आउँदा साढे दुई घण्टामा सीमित हुनेछ । तर पनि सन्तोषलाई डर छैन । 

ढुक्क छन् उनी, काँचको पर्दामा झैं रजतपटमा पनि दर्शकले माया गर्छन् भन्नेमा । कारण पनि छ सन्तोष ढुक्क हुनुको ।

“मैले जसरी समाजमा भइरहेका गतिविधिलाई टेलिशृंखलामा व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गर्थें, चलचित्रमा पनि अहिले समाजमा भइरहेका विषयलाई नै व्यङ्ग्य गर्ने हो । त्यसैले दर्शकको साथ रहन्छ भन्नेमा ढुक्क छु,” उनले प्रष्टै भने । अहिले नेपाली बक्स अफिसमा रुचाइएका चलचित्र पनि कमेडी जानरा कै छन् ।

“देशमा बेरोजगारी छ । गाउँका अधिकांश युवा खाडीमा छन् । घरमा बुढा बाआमा र स्वास्नी छोराछोरीलाई दुःख छ । सहरमा १२ पास गरेपछि अमेरिका, अस्ट्रेलिया जाने चलन छ, बुढा बाआमा एक्लै घरमा बस्नुपर्ने बाध्यता छ । विदेशमा जाँदा केही नि केही गुमाउनु पर्छ,” सन्तोषले आफ्नो चलचित्रको कथाको सार सुनाए ।
वार्षिक सयको हाराहारीमा चलचित्र निर्माण तथा प्रदर्शन हुँदा मुस्किलले चार प्रतिशत चलचित्र नाफामा र त्यति नै चलचित्रले लगानी उठाए पनि बाँकी घाटामा गइरहेका बेला यति धेरै विश्वस्त किन छन् सन्तोष । 

नेपालमा भन्दा विदेशमा आफ्नो चलचित्रको माग रहेको सन्तोष बताउँछन् । चलचित्र घोषणा हुन बित्तिकै कोरिया, हङकङ, लन्डनबाट चलचित्रको माग भइसकेको उनले बताए ।   

दर्शकले चलचित्र मन पराएर राम्रो ग्रस कलेक्सन भएको अवस्थामा ‘हिजो आजका कुरा’ को सिरिज निर्माण गर्ने पनि उनले बताए । “हप्ता दिनमा आधा घण्टाको कार्यक्रम निर्माण गर्थें,” उनले भने, “कथानक चलचित्रमा साढे दुई घण्टाको समय लिएको छु । चलिचत्र दर्शकले मन पराएर पैसा आयो भने सिरिज बनाउँदै जानेछु ।”

१८ वर्ष टेलिसिरयलका रूपमा सन्तोष पन्तले निर्माण गरेको ‘हिजो आजका कुरा’ लाई अब कथानक चलचित्रका रूपमा साकार पन्तले निर्देशन गर्नेछन् । साकार सन्तोषका छोरा हुन् । यो चलचित्रमा टेलिसिरयलमा झैं सन्तोष पन्त र रमा थपलियासँगै केकी अधिकारी, रिमा विश्वकर्मा र ऋचा शर्मा मुख्य भूमिकामा देखिने छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC