site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
चीनमा अब मोबाइल प्रयोगकर्ताले पनि ‘फेस स्क्यान’ गराउनुपर्ने
Sarbottam CementSarbottam Cement

बीबीसी । चीनमा अब सबै मोबाइल प्रयोगकर्ताहरुले फोनका सेवा रेजिस्टर गराउँदा ‘फेस स्क्यान’ गराउनुपर्ने भएको छ । सरकारी निकायहरुले देशभरका इन्टरनेट प्रयोगकर्ताको पहिचान प्रमाणित गर्न यस्तो नीति लागू गरेको हो । गत सेप्टेम्बरमै घोषणा गरिएको यो नयाँ नियम आइतबारदेखि कार्यन्वयन हुने बताइएको छ । 

चिनियाँ सरकारले साइबरस्पेसमा नागरिकहरुको वैध अधिकार र हितलाई सुरक्षित राख्न यस्तो नीति सुरु गरिएको भनि स्पष्टिकरण दिएको छ । चीनले यसअघि नै आफ्ना नागरिकहरुमाथि नजर राख्न अनुहार पहिचान प्रणालीको अधिक प्रयोग गरिरहेको छ । यस किसिमको प्रविधिमा चीनलाई विश्वकै लिडर मानिन्छ । तर यस अन्र्तगत देशभरका नागरिक सरकारको कडा निगरानीमा हुनुले विवाद पनि खडा गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेको यस नियममा चाहिँ कुनैपनि व्यक्तिले नयाँ मोबाइल वा मोबाइल डाटाका लागि साइन अप गरेमा उनीहरुले राष्ट्रिय पहिचान पत्रका साथै फेस स्क्यान पनि गराउनुपर्ने हुन्छ । यसरी अनुहार स्क्यान गरि पहिचान पत्रसँग सो रेकर्ड राखिनेछ । चीनले वर्षौँदेखि नै सबै प्रयोगकर्ताले इन्टरनेट चलाउँदै गर्दा आफ्नो वास्तविक नाम र पहिचानको प्रयोग गरुन् भन्ने सुनिश्चित गर्दै आएको छ । जस्तै २०१७ को नियमपछि सबै इन्टरनेट प्रयोगकर्ताले अनलाइनमा कुनेपनि कुरा पोस्ट गर्नु अगाडि आफ्नो वास्तविक पहिचान प्रमाणित गराउनु पर्ने हुन्छ । 

यसरी टेलिकम सञ्चालकहरुका लागि बनाइएको यस नयाँ नियमपछि सरकारले सबै मोबाइल फोन प्रयोगकर्ताको पहिचान गर्नै सक्ने हुँदा देशको प्रणाली बलियो बन्ने उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बताएको हो । अधिकांश चिनियाँहरुले मोबाइल फोनबाटै इन्टरनेट चलाउने गर्दछन् । चीनले इन्टरनेटमार्फत हुने ठगी रोक्न र साइबर सुरक्षालाई बढावा दिनकै लागि सबै इन्टरनेट अकाउन्ट र अनलाइनमा प्रयोग हुने फोन नम्बरलाई अज्ञात नराखेर वास्तविक पहिचान प्रमाणित गर्नमा जोड दिँदै आएको छ । 

Global Ime bank

तर अर्कोतर्फ यस नयाँ नीतिबारे चिनियाँ सर्वसाधारणहरुले चाहिँ राम्रो प्रतिक्रिया दिइरहेका छैनन् । सेप्टेम्बरमा यसको घोषणा हुँदा सामाजिक संजाल वेइबोमार्फत नागरिकहरुले असन्तुष्टि जनाउँदै चिनियाँ सरकारले नागरिकहरुलाई अत्यन्तै कडा नियन्त्रणमा राख्न खोजिरहेको बताएका हुन् । अर्का एक प्रयोगकर्ताले भनेका छन्, “सरकार आखिर केसँग यति डराइरहेको छ ?”

उनीहरुका अनुसार चीनले यसअघि नै थुप्रै डाटा लिकको सामना गर्नुपरिसकेको छ । त्यसकारण पहिले चोरहरुले सबैको नाम मात्र थाहा पाउथेँ तर अब ठगहरुसँग आफ्नो तस्बिर पनि हुने भन्दै एक प्रयोगकर्ताले गुनासो गरेका हुन् । त्यस्तै अर्का एक नागरिकले चाहिँ यो नियम सर्वसाधारणको सहमति बिना नै लागू गर्न लागिएको भनि विरोध जनाएका हुन् । यता चीनकै सोसल वेलफेयर सिस्टम नामक नयाँ प्राविधिक प्रणालीको पनि अन्तर्राष्ट्रिय आलोचना भइरहेको छ । जसमा प्रत्येक नागरिकहरुलाई तिनको व्यवहारअनुरुप स्कोर प्रदान गरिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  ०५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC