site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
श्रीलंकाद्वारा नेपाल ६ विकेटले पराजित, बलरको कमजोर प्रदर्शन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा  श्रीलंकाले नेपाललाई ६ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले पहिले व्याटिङ् गर्दै १७३ रनको लक्ष्य दिएको थियो । श्रीलंकाले १९ दशमलव १ ओभरमा चार विकेटको नोक्सानीमा लक्ष्य भेटाएको हो ।  नेपाली बलरले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसक्दा पहिलो खेलमै हारको सामना गर्नुपरेको हो । श्रीलंकाको जितमा सम्मु असम नायक बने । उनले ४४ बलमा ७२ रनको उत्कृष्ट इनिङ खेले ।

यसअघि निर्धारित २० ओभरमा नेपालले ५ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । नेपालका दीपेन्द्र ऐरीले अर्धशतकीय पारी खेले । उनले अवजित ७२ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल २१ रन, विनोद भण्डारी २० रन, आरिफ सेख १९ रन, पवन सर्राफ २२ रन तथा पूर्वकप्तान पारस खड्का १ रन बनाएर आउट भए । करन केसीले नटआउट १ रन बनाए । श्रीलंकाका लागि कमिण्डु मेण्डिसले सर्वाधिक २ विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १७, २०७६  १४:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC