काठमाडौं । आरम्भ लघुवित्तले ७ प्रतिशत बोनस सेयर प्रस्ताव परेको छ । संस्थाले बोनस सेयर र मर्जर प्रस्ताव पारित गर्न पुस ९ गतेका लागि साधारण सभा बोलाएको छ । संस्थाले गत आर्थिक वर्षसम्मको मुनाफाबाट चुक्ता पुँजीको ७.३८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै साधारण सभाले चौतारी लघुवित्त वित्तीय संस्थासँग मर्जर गर्न प्रस्तावित सेयर अनुपात अनुमोदन पनि गर्नेछ । यस्तै मर्जरका लागि दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबार मूल्यांकन प्रतिवेदन समेतका आधारमा संयुक्त मर्जरसमितिले प्रस्ताव गरेको १ बराबर १ सेयर अनुपात पारित गर्ने प्रस्ताव पनि संस्थाले राखेको छ ।
संस्थाको हाल चुक्ता पुँजी ६ करोड छ । बोनस सेयर वितरणपछि चुक्ता पुँजी ६ करोड ४४ लाख पुग्नेछ । साधारण सभा प्रयोजनका लागि लघुवित्तले मंसिर २९ गतेदेखि पुस ९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।