site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रूसी ग्यास पाइपलाइन चीन पुग्यो, पुटिन र सीद्वारा उद्घाटन
Sarbottam CementSarbottam Cement

मस्को । रुस र चीनबीच सोमबार पहिलो पटक ग्यास पाइपलाइनको सुरुवात गरिएको छ । 

विश्वकै मुख्य ग्यास वितरक देशमा पर्ने रुसले चीनसँग ग्यास  पाइपलाइन जोड्नुलाई ऐतिहासिक घटनाका रूपमा लिइएको छ ।  

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ्ले टेलिभिजनबाट प्रसारण भइरहेको समारोहमा सोमबार ग्यास  पाइपलाइनको उद्घाटन गर्नुभएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

दुई देशका बीचमा ग्यास पाइपलाइन सञ्चालन हुनुलाई आपसी सहकार्यको नयाँ कदमका रूपमा व्याख्या गरिएको छ ।

“आज एउटा ऐतिहासिक काम भएको छ, यो विश्वको उर्जा बजारका लागि मात्रै नभई तपाई हाम्रा लागि पनि पहिलो पटक महत्वपूर्ण कदम भएको छ,” पुटिनले भने ।  

Global Ime bank

चिनियाँ राष्ट्रपति सीले भने यस कार्यलाई आपसी सहकार्यको नयाँ नमुनाका रूपमा अथ्र्याउनुभएको छ । यसले दुई देशको सम्वन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास पनि उनले व्यक्त गरे ।

कार्यक्रममा दिइएको जानकारी अनुसार दुर्गम क्षेत्रमा पर्ने पूर्वी रूसदेखि चीनको सिमा क्षेत्रमा पर्ने ब्लागोभेशचेन्सकसम्म जोड्नेगरी ग्यास पाइपलाइन जोडिएको छ ।

सो पाइपलाइन तीन हजार किलोमिटर लामो रहेको जनाइएको छ । यसलाई राष्ट्रपति पुटिनले संसारकै सबैभन्दा ठूलो निर्माण परियोजनाको संज्ञा दिएका छन् । 
 
सो पाइपलाइनबाट सन् २०२५ देखि मात्रै पूर्ण क्षमतासहित ग्यास निर्यात गर्न सकिने भएको छ । पूर्ण क्षमतासहित सञ्चालन हुँदा सो पाइपलाइनबाट प्रति बर्ष ३८ अर्ब क्युविक मिटर ग्यास  निर्यात गर्न सकिने अधिकारीहरूले जनाएका छन् ।

यो निर्माण गर्न रूस र चीनले सन् २०१४ मा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तीस बर्षे यो ४०० अर्ब अमेरिकी डलर लाग्ने परियोजनालाई महत्वाकांक्षी परियोजना मानिएको थियो ।

पाइपलाइन निर्माण गर्ने क्षेत्रमा दलदल, डाँडाकाँडा र ढुङग्यान भूभाग रहेको र गाह्रो खालको वातावरणीय अवस्था रहेको जनाइएको छ । 

पाइपलाइन अन्तर्गत पर्ने याकुतिया क्षेत्रमा माइनस ६० डिग्री सेल्सीयस र रूसको सुदुर पूर्वी अमुर क्षेत्रमा माईनस ४० डिग्री सेल्सीयस तापक्रम हुने गरेको अधिकारीहरूले जनाएका छन् । -एएफपी
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC