site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकारसँग असन्तुष्ट जनमतलाई भोटमा बदल्न संगठन गरौँ : डा. महत
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारसँग असन्तुष्ट जनमतलाई कांग्रेसतर्फ भोटमा बदल्न संगठन गर्नुपर्नेमा जोड दिएका छन् । 

कांग्रेस नेता भीमबहादुर तामाङ्को स्मृति दिवसमा सोमबार आयोजित कार्यक्रममा बोल्दै महतले उपनिर्वाचनमा पनि जनताले सरकारसँग असन्तुष्टिको संकेत गरेको बताए । 

Agni Group

सरकारसँग असन्तुष्ट जनतालाई आफ्नो कुरा भन्न सकिएन र संगठन पनि गरिएन भने त्यस्तो असन्तुष्टि मतमा बदल्न नसकिने उनको भनाई थियो । 

"हाम्रो विचारहरुलाई जनताकोबीचमा राख्न सकेनौं भने र जनताको बीचमा संगठन गर्न सकेनौं भने असन्तुष्टिलाई परिवर्तन गर्न सकिन्न,"  उनले भने, "दुईटा कुरा हामीले गर्नैपर्छ ।"

Global Ime bank

पहिलो, निरन्तर जनतासँग निरन्तर संवाद र दोस्रो संगठन । संगठनमा जनतालाई नजोडेसम्म कांग्रेसको विचारप्रति जनताको सम्मान हुन सक्ने भएपनि मतमा रुपान्तरण हुन कठिन हुने उनले बताए । 

वनबाट समर्पण,सक्रियता र सरलता सिक्नुपर्नेमा जोड दिए । समकालिन राजनीतिमा तामांगजस्तो नेता कम रहेपनि उनले देखाएको बाटोको  प्रभावले समाजलाई नैतिकता र आदर्शको बाटोमा हिँड्न प्रभाव पारिरहने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC