महिला क्रिकेट : अञ्‍जलीको कीर्तिमानसँगै नेपाल १० विकेटले विजयी

पाँच बलमै लक्ष्य पूरा

महिला क्रिकेट : अञ्‍जलीको कीर्तिमानसँगै नेपाल १० विकेटले विजयी

काठमाडौं । अन्जली चन्दको किर्तिमानसँगै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्समाथि १० विकेटको जित दर्ता गरेको छ । १७ रनको सामान्य लक्ष्यसहित जवाफी ब्याटिङ थालेको नेपालले ५ बलमा भेट्टायो ।

नेपालको जितमा अन्जलीले उत्कृष्ट प्रदर्शन गरिन् । पोखरा स्टेडियममा १७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालकी ओपनर काजल श्रेष्ठले ५ बलमा ३ चौकाको मदतमा १३ रन बनाइन् ।

यसअघि पहिला ब्याटिङ गरेको माल्दिभ्सका खेलाडीलाई मात्र १६ रनमा समेट्न नेपालकी अन्जलीले सर्वाधिक ६ विकेट लिइन् । कीर्तिमान कायम गर्ने क्रममा अञ्जलीले २.१ ओभरमा २ मेडनसहित एक रन पनि नदिइ ६ विकेट लिइन् । उनले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् ।

नेपालले जितेको यो खेल सर्वाधिक छिटो जितेको खेल हो । 
 

प्रतिकृया दिनुहोस
ad