खेल
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोमा २३ वर्षमाथिको महिला पुम्से टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेका छ ।
यो विधामा नेपालका निता गुरुङ, प्रनशा छेत्री र सुशीला राईको टोलीले स्वर्ण जितेको हो । नेपालको टोलीले सर्वाधिक ७.९२० अक ल्याउदै स्वर्ण जित्न सफल भएको हो ।
यसैबिधामा दोस्रो भएको श्रीलंकाले ७.८१० अक ल्याउदै रजत पदक जितेको हो ।
योसँगै नेपालले तेक्वान्दोमा सात स्वर्ण जितिसकेको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६ १८:०६
प्रतिक्रिया दिनुहोस्