साहित्य
काठमाडौं । जेम्स बन्ड सिरिजको चलचित्र ‘नो टाइम टु डाइ’को १४ सेकेन्ड लामो टिजर रिलिज भएको छ ।
चलचित्रमा अभिनेता डानियल क्रेग ‘आइकनिक’ ब्रिटिस जासुसको भूमिकामा देखिने छन् ।
हलिउड मिडियाका अनुसार यो अभिनेता क्रेगको अन्तिम जेम्स बन्ड चलचित्र हुनेछ ।
एक्सन, सटन्ट, रोमान्टिक इन्काउन्टरले भरिएको टिजरमा सुरुमा अभिनेता क्रेग र अना डी आर्मस र लाशाना लिन्चलाई पनि देख्न सक्छौं । चलचित्रमा लिन्च क्रेगको एजेन्ट ००७ को भूमिका निभाउँदै छन् ।
क्यारी जोजी फुकुनागाको निर्देशनमा बनेको चलचित्रको रिलिज ३ अप्रिलमा हुनेछ ।
चलचित्रको ट्रेलर बुधबार रिलिज गरिनेछ ।
(द हिन्दुस्तान टाइम्स)
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६ १६:५५
प्रतिक्रिया दिनुहोस्