‘चपली हाइट–३’मा भित्रिए अर्पण, यस्तो छ क्यारेक्टर पोस्टर

‘चपली हाइट–३’मा भित्रिए अर्पण, यस्तो छ क्यारेक्टर पोस्टर

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’मा अर्पण थापा भित्रिएका छन् ।

स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतीक श्रेष्ठसँगै अब मुख्य भूमिकामा अपर्ण थापा पनि देखिने छन् ।

अर्पण भित्रिएसँगै निर्माण पक्षले उनको क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरेको छ । 

अर्जुन कुमारको निर्माणमा छायांकन भैरहेको चलचित्र ‘चपली हाइट–३’ले चैत २८ गतेका लागि रिलिज डेट लक गरेको छ । 

निकेश खड्काले निर्देशन गरिरहेको चलचित्रमा महेश र प्रतिकको ‘चपली हाइट–३’ डेब्यू चलचित्र हो । 

सस्पेन्स थ्रिलर जानरामा निर्माण भैरहेको नयाँ वर्षको अवसर पारेर आउन लागेको हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad