site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकार अलोकप्रिय हुँदा धरान र भक्तपुर गुम्यो : खनाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले धरान र भक्तपुरको चुनाव पार्टीको पक्षमा नआउनु सरकार अलोकप्रिय भएको सन्देश भएको बताएका छन् ।

नेकपाको प्रभाव क्षेत्र मानिएको उत्तरपूर्वी भक्तपुर र धरान उपमहानगर पार्टीले गुमाएपछि बाह्रखरीसँग कुरा गर्दै झलनाथले भने, “सरकार लोकप्रिय भएको भए हामी सबैतिर चुनाव जित्थ्यौं । सरकार अलोकप्रिय भयो । त्यसको नतिजा चुनावमा देखियो ।”

उनले समग्र उपनिर्वाचनको नतिजा नेकपाकै पक्षमा भए पनि धरान र भक्तपुरमा गढबढी भएको बताए । उमेदवार चयन लगायतका कुरामा पनि पार्टीले ध्यान पुर्‍याउन नसकेको उनको निचोड छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“समग्र परिणाम नेकपाकै पक्षमा छ । कांग्रेसले जितेका केही वडा हामीले जितेका छौं । गाउँपालिका पनि जित्यौं । तर भक्तपुर धरानमा गढबढी भयो । यसले सरकार र पार्टीको लोकप्रियता मापन गर्छ,” उनले भने ।

उनले पार्टीले छिट्टै उपनिर्वाचन र सरकारको समीक्षा गर्नुपर्ने औंल्याए । “हामी छिट्टै समग्र कामको मूल्याङ्कन समीक्षा गर्छौं । उपनिर्वाचनको परिणाम अगाडि राखेर समीक्षा गर्छौं,” उनले बाह्रखरीसँग भने ।

Global Ime bank

उनले यो उपनिर्वाचनले सरकार बनाउने, राष्ट्रिय स्तरमा प्रभाव नछाड्ने भए पनि नेकपालाई आफूलाई समीक्षा गर्ने अवसर भएको बताए ।

नेकपाका विदेश मामिला उपप्रमुख विष्णु रिजालले पनि नेकपाका लागि उपनिर्वाचनको परिणाम सुखद् नरहेको निष्कर्ष निकालेका छन् ।

दाङ र कास्कीमा फराकिलो मतान्तर कायम रहेपछि त्यसमा भावना र सहानुभूतिले काम गरेको बताएका छन् । कास्की–२ मा रवीन्द्र अधिकारीको सहानुभूतिको भोट आएको र दाङमा उत्तरकुमार वलीको सहानुभूतिले काम गरेको उनको निष्कर्ष छ ।

“भक्तपुर र धरान फुत्किएका छन् । पार्टी एकताको सङ्क्रमण, विभिन्न तहका सरकारहरूका काम, उम्मेदवार चयन जस्ता कारणहरू आफ्नो ठाउँमा छन्, यस परिणामले हामीलाई थप सजग पक्कै बनाउनुपर्छ,” उनले निर्वाचनको समीक्षा गर्दै भनेका छन् ।

“समय छ, परिणाममुखी काम गरेर मात्रै यसको क्षतिपूर्ति हुन्छ, तर्कले होइन,” उनले नेतृत्वको ध्यानाकर्षण समेत गराएका छन् ।

यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले पार्टीको मत बढेको जिकिर गरेका छन् । “स्थानीय, प्रदेश र संघीय संसदका रिक्त ५२ स्थानमा भएको उपनिर्वाचनमा नेकपाले ३१ (५९.८ प्रतिशत) स्थानमा विजय हासिल गरेको छ । एकताअघि दुई पार्टीले २८ स्थान (५३.८ प्रतिशत) जितेका थिए । अहिले ३ सीट (५.८ प्रतिशत) बढी हासिल भयो,” उनले दाबी गरेका छन् ।

यसबाट सरकार र पार्टीको अनुचित आलोचना जनताले अश्वीकार गरेको स्पष्ट भएको उनको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १६:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC