site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विद्यालय समयमा ठूला गाडीलाई प्रतिबन्ध
Sarbottam CementSarbottam Cement

दमौली । जिल्लाको ब्यास नगरपालिका–२ स्थित केही ठाउँमा ठूला गाडी चल्नलाई प्रतिबन्ध लगाइएको छ । विद्यार्थी आवातजावत हुने समयमा ब्यास नगरपालिकाले गणेशमानचोकबाट अमरापुरी हुँदै भादगाउँ जाने बाटोमा ट्रक, ट्र्याक्टर र टिपरलाई प्रतिबन्ध लगाएको हो ।

बिहान ९ः १५ देखि १०ः१५ सम्म र साँझ ३ः३० देखि ४ः३० बजेसम्म ठूला गाडीलाई उक्त ठाउँमा गुड्न रोक लगाइएको नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । उक्त समयमा त्यस मार्गमा विद्यार्थीको अत्यधिक चाप रहने र कुनैपनि बेला दुर्घटना हुनसक्ने भएकाले विद्यालय समयमा ठूला गाडीलाई रोक लगाइएको न्यौपानेले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त मार्ग हुँदै आदिकवि भानुभक्त क्याम्पस, निर्मल माध्यमिक विद्यालय, जलदेवी माध्यमिक विद्यालय, ब्यास बोर्डिङ स्कूलका विद्यार्थी आवतजावत गर्ने गर्छन् । ती सबै क्याम्पस र विद्यालयमा गरी करिब पाँच हजार विद्यार्थी अध्ययनरत छन् । नगरपालिकाले यसअघि वडा नं २  स्थित कालीकामार्ग र डाँङ्ग्रेखोल्सीलाई एकतर्फी बनाएको थियो । जसअनुसार भोर्लेटारचोकदेखि भेटघाटचोकसम्म जाने र न्युरोडको कुमारी बैंकदेखि कालीकामार्ग हुँदै पृथ्वीराजमार्ग आउन मात्र पाइने नियम लागू गरिएको थियो ।

यसैगरी नगरपालिकाले नगरक्षेत्रभित्र विभिन्न स्थानमा सडक यातायात अवरुद्ध हुने गरी विवाह, व्रतबन्ध, भोज जस्ता सामाजिक कार्य गर्न प्रतिबन्ध लगाएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सडक अवरुद्ध हुने गरी त्यस्ता कार्य गर्दा सर्वसाधारणको गुनासो बढिरहेकोले वैकल्पिक मार्ग भएमा नगरपालिकाको स्वीकृित लिन र वैकल्पिक मार्ग नभएमा त्यस्तो कार्य अन्यत्रै गराउन आग्रह गरिएको छ । 

Global Ime bank

साथै सडक अवरुद्ध हुनेगरी निर्माण सामग्री नराख्न र नगरपालिकासँग स्वीकृति लिएर निश्चित् अवधिका लागि सडक अवरुद्ध नहुने गरी निर्माण सामग्री व्यवस्थापन गर्न नगरपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ । 
    
यसैगरी नगरपालिकाले मङ्सिर १ गतेदेखि नगरक्षेत्रभित्र प्लाष्टिकको झोला प्रयोगमा बन्देज लगाएको छ । प्लाष्टिकका झोला मौज्दात भएमा मङ्सिर महीनाभित्र हटाउन आग्रह गर्दै नगरपालिकाले पुष १ गतेदेखि अनुगमन गरी प्लाष्टिकका झोला जफत गरिने बताएको छ । प्लाष्टिकका झोला प्रयोगमा बन्देज लगाउन नगरपालिकाले वैकल्पिक झोला निर्माण तालीम सञ्चालन गरिरहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १३:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC