कास्की- २ मा विद्या भट्टराईको जित निश्चित, गणना गर्न बाँकी मतभन्दा अग्रता बढी

कास्की- २ मा विद्या भट्टराईको जित निश्चित, गणना गर्न बाँकी मतभन्दा अग्रता बढी

पोखरा । कास्की - २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उमेदवार विद्या भट्टराईको जित सुनिश्चित भएको छ । 

उनले अब गणना गर्न बाँकी आठ हजार ४३१ मत रहँदा उनले आठ हजार ५३६ मतको अग्रता भएकोले उनको जित सुनिश्चि भएको हो । अब तीनवटा वडा ८,७ र ४ को मत गन्न बाँकी छ । अब

कास्की-२ मा ६३.४० प्रतिशत अर्थात ४५ हजार ५६३ मत खसेको थियो । कुन ७१ हजार ८७१ मतदाता रहेको कास्कीमा २० हजार ७८४ पुरुष र २४ हजार ७७९ महिलाले मतदान गरेका छन् । 

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि रिक्त रहेको कास्की २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीबाट रविन्द्रपत्‍नी विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेललगायतका २१ जना उमेदवारले प्रतिस्पर्धा गरेका थिए । 

प्रतिकृया दिनुहोस
ad