site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सरकारको अलोकप्रियता र पार्टीभित्रको एकता नै जितको आधार बन्यो
Ghorahi CementGhorahi Cement

भक्तपुर क्षेत्र नं १ (क) मा नेपाली कांग्रेसका उमेदवार कृष्णलाल भँडेल निर्वाचित भएका छन् । उनी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका उमेदवार देवीप्रसाद (डीपी) ढकाललाई फराकिलो मतान्तरले पछि पार्दै विजयी भएका हुन् । सो क्षेत्रमा ०७४ सालमा सम्पन्न निर्वाचनमा तत्कालीन नेकपा एमालेका हरिशरण लामिछाने निर्वाचित भएका थिए । तर, उनको निधन भएपछि मंसिर १४ मा उपनिर्वाचन भएको हो । ०७४ मा हारेको कांग्रेसले अहिले जित हात पार्नुको कारण के होला ? उपनिर्वाचनबाट नवनिर्वाचित प्रदेश सांसद उनै भँडेलसँग बाह्रखरीका जगन्नाथ दुलालले गरेको संक्षिप्त कुराकानीः 

तपाईं भक्तपुर क्षेत्र नं १ (क) बाट भारी मतान्तरले निर्वाचित हुनुभएको छ । आफ्नो विजयलाई कसरी लिनुभएको छ ? 
मैले लामो समय राजनीति र समाजसेवामा बिताएँ । भक्तपुरका जनताको पक्षमा अनवरत लागिरहेको थिएँ । आज भक्तपुरका जनताले त्यसको मूल्यांकन गर्नुभएको छ । मैले आफ्नो विजयलाई मेरो क्षेत्रका इमान्दार, लोकतन्त्रप्रेमी, विकासप्रेमी जनताको जितका रुपमा लिएको छु । जनताले विश्वास गरेर मलाई निर्वाचित गर्नुभएको छ । म आम मतदाता र मेरो क्षेत्रका सम्पूर्ण जनतालाई त्यसका लागि धन्यवाद दिन चाहन्छु । 

०७४ मा तपाईंको पार्टी सो क्षेत्रमा पराजित भएको थियो । आफ्नो जितको आधार के हो भन्ने ठान्नुहुन्छ ? 
मैले हिजो जनतासँगै हिँडेको, उहाँहरुको सुखदुःखमा साथ दिएको कारणले जितेँ भन्ने लाग्छ । उहाँहरुले हामीसँगै रहेको, हाम्रो सुखदुःखमा साथ दिने व्यक्तिका रुपमा माया दिनुभयो । कांग्रेसका साथीहरु पनि सक्रियताका साथ एक ढिक्का भएर लाग्नुभयो । सबैभन्दा मुख्य कुरा के भने देशमा भएको हत्या, हिंसाविरुद्दमा जनताले मत जाहेर गरे भन्ने पनि लागेको छ । 

Agni Group

देशमा दुई तिहाईको कम्युनिष्ट सरकार छ । तर, सरकारले जनतालाई चित्त बुझ्ने गरि काम गर्न नसकेको आलोचना पनि हुँदै आएको छ । त्यसको फाइदा पनि आफुलाई पुग्यो भन्ने ठान्नुहुन्छ ? 

अघिल्लो निर्वाचनमा निक्कै ठूला ठूला सपना देखाएर कम्युनिष्ट पार्टी सरकारमा पुग्यो । तर, विकास निर्माणले गति लिन सकेन । शान्ति सुरक्षा कमजोर हुनपुग्यो । भ्रष्टाचार र कुशासनको मारमा जनता परे । त्यसबाट जनता सरकारसँग निराश थिए । आफ्नै कारणबाट सरकार अलोकप्रिय हुन पुग्दा ती रिसाएका जनता पनि कांग्रेसतर्फ आकर्षित भएको पाएँ । सरकारको अलोकप्रियताले पनि केही फाइदा पुग्यो ।

Global Ime bank

विगतमा कांग्रेस हराउन कांग्रेस नै कारक बन्ने गरेको देखिन्थ्यो । यसपटक भक्तपुरमा कांग्रेस एकढिक्का भएर हो ?

हो, सबै पार्टीका साथीहरु सक्रियताका साथ लाग्नुभयो । भक्तपुरमा पार्टी एकढिक्का भएर निर्वाचनमा खटियो । त्यसले पनि  जनतामा राम्रो प्रभाव प¥यो । हाम्रो पार्टीमा राम्रो एकता पनि छ । यसले हामी एकतावद्द भएर लाग्ने हो भने जनताको विश्वास प्रात गर्न सकिन्छ भन्ने सन्देश पनि गएको छ ।

जसले तपाईंलाई मत दिएर निर्वाचित गरे । भक्तपुर १ (क) का मतदातालाई के भन्न चाहनुहुन्छ ? 

मेरा मतदाताहरु, पार्टीका साथीहरु सबैलाई धन्यवाद भन्न चाहन्छु । मत दिएर सहयोग गर्ने, मप्रति शुभेच्छा राख्ने सबैप्रति आभारी छु । यस अवसरमा म जनताको सुखदुःखमा साथ दिने प्रतिवद्दता पनि व्यक्त गर्न चाहन्छु । आफुले सकेको सबै कुरामा सहयोग गर्नेछु । मलाई निर्वाचित गर्ने जनतालाई निराश नबनाउने गरि काम गर्नेछु । जनताको सुखदुःख र विकास निर्माणमा म समर्पित रहनेछु । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC