खेल
एजेन्सी । साविकको विजेता टोली वायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलमा पराजित भएको छ । शनिबार राति भएको खेलमा वायर्न वायर लिभरकुसेनसँग २–१ गोल अन्तरले पराजित भएको हो । वायर्नको घरेलु मैदानमा भएको खेलको १० औँ मिनेटमा लियोन बेलीले गोल गर्दै लिभरकुसेनलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३४ औँ मिनेटमा थोमस मुलरले घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।
खेलको ३५ औँ मिनेटमा बेलीले गोल गर्दै लिभरकुसेनलाई २–१ को जित दिलाए । हारसँगै वायर्न १३ खेलमा २४ अंक जोड्दै लिगको चौथो स्थानमा छ । लिभरकुसेन २२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६ १०:५१
प्रतिक्रिया दिनुहोस्