site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुनसरीमा शव बोकेको एम्बुलेन्स र ट्रक जुध्दा ६ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

विराटनगर । सुनसरीको कोशी गाउँपालिकामा एम्बुलेन्स र ट्रक  एक आपसमा जुध्दा ६ जनाको मृत्यु भएको छ । 

विराटनगरबाट मृतकलाई लिएर उदयपुरतर्फ जाने क्रममा विपरीत दिशाबाट आएको ट्रक र एम्बुलेन्स हरिपुरमा दुर्घटना भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  एम्बुलेन्समा सवार ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार ना २ ख ९०८२ नम्बरको ट्रक र को १ च ९३६४ नम्बरको एम्बुलेन्स ठोक्किएका हुन । 

Prabhu Bank
Agni Group
NIC Asia

मृत्यु हुनेहरुममा उदयपुरको त्रियुगा नगरपापलिकाका चालक एम्बुलेन्स राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई र दिनेश राई छन् । विराटनगरको गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको शिवमाया राईको शव बोकेर एम्बुलेन्स उदयपुरतर्फ जाँदै थियो । बीचैमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । मृतकहरुको शव सुनसरी जिल्ला अस्पताल इनवरुवामा राखिएको प्रहरीले जनाएको छ । 

पूर्वपश्चिम राजमार्गको हरिपुरमा पूर्वबाट पश्चिम उदयपुरतर्फ जाँदै गरेको एम्बुलेन्स वीरगञ्जबाट पूर्वतर्फ आउँदै गरेको मालबाहक ट्रकसँग प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर कोइरालाले जानकारी दिए । भने,‘‘मध्यरातमा हुस्सु लागेको कारण भिजिविलिटीमा समस्या भई सवारीसाधन जुधेका हुन सक्छन् ।’’ 

Global Ime bank

यसअघिको समाचारमा सातजनाको मृत्यु भएकाले सच्याइएको छ*
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६  ०८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC