site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
विश्वको फाइभ जी नेटवर्कमा चीनको कब्जा होला ?
Sarbottam CementSarbottam Cement

बीबीसी । चान यू ग्याजेट्सविना बस्न सक्दैनन् । बेइजिङस्थित उनको घरको एक कुनामा २० भन्दा बढी स्मार्टफोन, पुराना ट्यालबेट र अन्य डिभाइस छन् । उनको अपार्टमेन्ट गुगल होम स्मार्ट असिस्टेन्ट र अमेजन इकोले सजिएको छ ।  ३४ वर्षीय टेक उद्यमी चान भन्छन्, “हरेक दिन म तीनवटा फोन बोकेर हिँड्छु । एउटा चाइनिज एप्सका लागि प्रयोग गर्छु । जीमेल र अन्य वेस्टर्न एप्सका लागि आईफोन प्रयोग गर्छु । र कामका लागि गुगल पिक्सल फोन राख्छु ।” 

प्रविधिप्रतिको उनको सनकले उनलाई फाइदा पनि पुर्याएको छ । सन् २००९ मा उनले पहिलोपटक एन्ड्रोइड फोन किनेका थिए । विश्वका ८० प्रतिशतभन्दा बढी मोबाइल एन्ड्रोइड अपरेटिङ साफ्टवेयरमा आधारित छन् ।  फिजिक्सबाट ग्रेजुएट चानले त्यसको एक वर्षपछि एक कम्पनीको स्थापना गरे । उक्त कम्पनीले चीनका एन्ड्रोइड युजर्सका लागि कन्टेन्ट निर्माण गर्दथ्यो । 

२०१६ मा उनले उक्त कम्पनीलाई चीनको प्रख्यात ई–कमर्स कम्पनी अलीबाबालाई बिक्री गरे । यो कम्पनीको बिक्री कतिमा भयो भन्ने बारेमा भने केही खुलाइएको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

‘फाइभ जी’ संसार 

चान यू अहिले दूरसञ्चारको महत्वकांक्षी परियोजना ‘फाइभ जी’ को काम गरिरहेका छन् । यो हाई स्पीड इन्टरनेट सर्विसमा आधारित प्रविधि हो । यसको प्रयोग गरेर प्रयोगकर्ताहरु कुनै पनि फिल्मलाई केवल केही सेकेण्डमा डाउनलोड गर्न सक्छन् । विश्वका केही भागमा यसको सुरुवात भइसकेको छ । 

Global Ime bank

गत अक्टोबरमा उनले शाओमीको ‘फाइभ जी’ फोन मगाएका थिए । चान भन्छन्, “फोर जीले मानिसहरुको अनुभवलाई धेरै नै परिवर्तन गरिदिएको छ । विशेष गरी मोबाइल भिडियो र गेमिङको अनुभवलाई । फाइभ जीले यसलाई अझ परिवर्तन् गर्नेमा म विशवस्त छु ।”

अमेरिका र बेलायतमा ‘फाइभ जी’ नेटवर्कको सुरुवातमा ख्वावेमाथि लगाइएके प्रतिबन्धको असर परिरहेको छ । सुरक्षाको कारण देखाउँदै अमेरिकले चिनियाँ कम्पनी ख्वावेका उपकरणहरुमाथि ‘फाइभ जी’ नेटवर्कको प्रयोगमा प्रतिवनध लगाएको छ । उसले आप्mना सहयोगी राष्ट्रहरुलाई पनि ख्वावेका उपकरणमाथि प्रतिवन्ध लगाउन सल्लाह दिएको छ । 

विशाल नेटवर्क

वित्तीय सेवा समूह जेफरीजका विश्लेषक तथा इण्डस्ट्रीका जानकार एडिसन ली प्रतिवन्धलाई विश्वको ‘फाइभ जी’ बजारमा अमेरिकाको प्रभुत्व जमाउने प्रयासका रुपमा हेर्छन् । चीनलाई ‘फाइभ जी’ को संसारमा बादशाह बन्न बाट रोक लगाउन अमेरिकाले ख्वावेमाथि प्रतिवन्ध लगाएको उनको भनाइ छ । 

पश्चिमी मुलुकहरु ख्वावेको प्रगति प्रति चिन्ता जनाइरहेका बेला चीन यस क्षेत्रमा धेरै अगाडि बढी सकेको छ । ३१ अक्टुबरमा चीनका दूरसञ्चार कम्पनीहरुले ५० भन्दा बढी सहरहरुमा ‘फाइभ जी’ सेवाको सुरुवात गरिसकेका छन् । तत्पश्चात यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभ जी’ नेटवर्क अस्तित्वमा आएको छ । जसको झण्डै ५० प्रतिशत भाग ख्वावेले तयार गरेको हो । 

चीनको सूचना मन्त्रालयले २० दिनमा ‘फाइभ जी’ सेवाबाट आठ लाखभन्दा बढी मानिसहरु जोडिएको दाबी गरेको छ । विश्लेषकहरुले चीनमा सन् २०२० सम्म ११ करोड ‘फाइभ जी’ प्रयोगकर्ता पुग्ने अनुमान गरेका छन् । 
चीन अहिले यो प्रविधिलाई नयाँ ढंगले प्रयोग गर्न सकिने दिशामा काम गरिरहेको छ । 

शोधकर्ताहरु उत्तरी हङकङको एउटा ठूलो भूभागमा ‘फाइभ जी’ को सहयोगमा स्वचालित हुने सवारी साधन विकसित गरिरहेका छन् । ‘हङकङ एप्लाइड साइन्स एण्ड टेक्नोलोजी रिसर्च इन्स्टिट्युशन’ का शोधकर्ता चीनको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी चाइना मोबाइलका साथ मिलेर यो काम गरिरहेका छन् । ‘सेल्फ ड्रइभिङ’ अर्थात् आफै चल्ने कारका लागि ‘फाइभ जी’ उपयोगी साबित हुन सकने उनीहरुको भनाइ छ । 

‘फाइभ जी’ सुरुवात गर्ने चीन विश्वको पहिलो देश नभए पनि चीनले वैश्विक बजारमा तीव्रताका साथ कायम गरिरहको प्रभुत्वका कारण पश्चिमम राष्ट्रहरु चिन्तित छन् । ख्वावे र जेडटीई जस्ता कम्पनी यसको भरपूर फाइदा उठाइरहेका छन् । उनीहरु विदेशी बजारमा अमेरिकालाई टक्कर दिइरहेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १५, २०७६  ०६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC