site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भोलि आइतवार दक्षिण एसियाली खेलकुद (साग)को १३ औं संस्करणको उद्घाटन हुँदैछ । उपनिर्वाचनका लागि शनिवार मतदान हुने भएकाले सञ्चार माध्यमको ध्यान भने सागप्रति अपेक्षाकृत कम गएको देखिएको छ । सम्भवतः निर्वाचन परिणाम घोषणा हुँदासम्म पनि सञ्चार माध्यम र नेपाली समाजको ध्यान राजनीतितिरै जानेछ । सञ्चार माध्यमका आधारमा अड्कल काट्ने हो भने खेलकुदप्रति नेपालीहरूको चासो राजनीतिभन्दा कमै देखिन्छ । राजनीतिप्रति जति वितृष्णा प्रकट गरे पनि चुनावमा नेपालीहरू बढी नै रुचि राख्छन् । जेहोस्, भोलिदेखि पक्कै पनि धेरैको ध्यान सागप्रति केन्द्रित हुनेछ । संयोग, नेपालमै सचिवालय रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)भन्दा भने दक्षिण एसियाली खेल (साग)प्रति नेपाली समाजमा बढी रुचि देखिएको छ । 

नेपालले सागलाई सफल बनाउन लामै तयारी गरेको छ । यद्यपि, खेलको तयारीमा भन्दा बढी ध्यान भने उद्घाटन समारोहलाई भव्य बनाउनका लागि दिइएको देखिएको छ । काठमाडौं, पोखरा र जनकपुरमा गरी सम्पन्न हुने खेल प्रतियोगिताहरूका लागि पूर्वाधार निर्माण अझै पनि भइरहेको छ । कतिपय पूर्वाधार निर्माण त प्रतियोगिता सकिँदा पनि समाप्त नहुने लक्षण देखिएको छ । निर्माणका गुणस्तरमा पनि प्रश्न उठ्ने गरेको छ । तैपनि, यस्तो विशाल खेलकुद आयोजना गर्नु आफैँमा गौरवको विषय हो । यसैले सागको आयोजनामा सक्रिय सम्बन्धित सबै धन्यवादका पात्र बनेका छन् । तर, प्रतियोगिता तयारीका क्रममा अनियमितता र अनुचित कार्य भएको रहेछ भने पनि क्षम्य हुनुहुँदैन । अनियमतिताको निगरानी गर्नुपर्ने राज्यका निकायहरू सजग रहनुपर्छ ।

साग खेलकुद प्रतियोगिता त हुँदै हो दक्षिण एसियाको ठूलो ‘मेला’ पनि हो । यसैले खेल प्रतियोगिताहरू सुव्यस्थित र अनुशासितरूपमा सञ्चालन गर्न आयोजक राष्ट्रका रूपमा नेपालले बढी ध्यान दिनुपर्छ । साथै, नेपालीमात्र हैन विदेशी खेलाडीहरूसमेतको स्वास्थ्य र सुरक्षामा पनि नेपालले विशेष ध्यान दिनुपर्छ । घरेलु मैदानमा नेपाली खेलाडीका प्रशंसक धेरै हुनु स्वाभाविकै हो तर अरू देशका खेलाडीलाई अत्याउने वा होच्याउने व्यवहार नेपालीले गर्नु हुँदैन । त्यसो गर्नु एक त हाम्रो संस्कृतिविपरीत हुन्छ भने अर्कातिर नेपाली खेलाडीका लागि अर्को मुलुकमा अनावश्यकरूपमा शत्रुताको बीजारोपण गर्नुजस्तो हुन्छ । सकेसम्म खेलाडीहरूले कुनै कठिनाइ सहनु नपर्ने व्यवस्था मिलाउन पनि आयोजकहरूले ध्यान दिनुपर्छ । दक्षिण एसियामा खेलाडीलाई उपेक्षा गर्ने र खेल अधिकारीहरूले मेजमानी पाउने चलन छ । खेल अधिकारीहरूको उपेक्षा नगरौँ तर खेलाडीलाई हेप्ने व्यवहार पनि नेपालका आयोजकहरूले नगरून् । नेपालले आतिथेय मुलुकका रूपमा दक्षिण एसियाली खेलाडीको मन जित्न गर्नसक्ने उपाय यही हो । 
दक्षिण एसियाली खेलमा सहभागी सबै खेलाडीको स्वागत गर्दै हामी नेपाली खेलाडीहरूलाई राष्ट्र इज्जत बढाउने गरी खेल्ने सफलता प्राप्त होस् भन्ने कामना गर्छौँ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६  १२:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC