site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोटरसाइकल ‘ओभरटेक’ गरेको निहुमा कुटेर हत्या 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मोटरसाइकल ओभरटेक गरेको निहुमा कञ्चनपुरमा एक युवकलाई कुटेर हत्या गर्ने चारजना पक्राउ परेका छन । बिहीबार भीमदत्त नगरपालिका–१८ गोबरैयामा २२ वर्षीय दीपक पन्तले मोटरसाइकल ओभरटेक गरेको भन्दै चारजनाको समूहले चक्कु र हेलमेट प्रहार गरेर हत्या गरेका थिए ।

दीपक वुवासँगै मोटरसाइकलमा सवार थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेन्द्र चन्दले घटनामा संलग्न रहेको आरोपमा चारजनालाई  पक्राउ गरिएको जानकारी दिए । घटनाबारे पत्रकार सम्मलेन गर्ने तयारी भइरहेको डीएसपी चन्दले बताए । प्रहरी स्रोतका अनुसार घटनामा संग्लन रहेको आरोपमा १९ वर्षीय  विनोद बोहरा, २२ वर्षीय मनिष नाथ, २० वर्षीय नवीन सिंह र २२ वर्षकै गणेश लुहारलाई पक्राउ गरिएको छ ।

मोटरसाइलमा सवार पन्तलाई चारजनाको समूहले आफूहरुको स्कुटरलाई किन ओभरटेक गरेको भन्दै कुटपिट गरेका थिए । कुटपिटबाट घाइते पन्तलाई महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि भारत रेफर गरिएको थियो । भारत लैजादै गर्दा उनको बाटोमा ज्यान गएको हो । स्थानीयले दोषीमाथी कारवाहीको माग गरेका छन् । मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC