site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘गुगलविना पनि हुवावे नम्बर १ बन्न सक्छ’
Ghorahi CementGhorahi Cement

एजेन्सी । चिनियाँ कम्पनी हुवावेका प्रमुख कार्यकारी अधिकृत एवम् संस्थापक रेन जेङफेइले गुगल सफ्टवेयर र एपहरुबाट आफूलाई हटाइएपनि विश्वको सबैभन्दा शिर्ष स्मार्टफोन ब्रान्ड बन्नमा हुवावेलाई कसैले रोक्न नसक्ने बताएका छन् । हुवावे अहिले नै विश्वको सबैभन्दा ठूलो टेलिकम उपकरण निर्माणकर्ता हो भने अमेरिकाले यसलाई कालोसूचीमा नराखेको भए यही वर्ष कम्पनीले विश्वको नम्बर १ स्मार्टफोन विक्रेताका रुपमा सामसुङलाई हराइसक्ने थियो ।   

अमेरिकी प्रतिबन्ध अन्र्तगत गुगल, इन्टेल, ब्रोडकम लगायतका कम्पनीले सरकारबाट अनुमति प्राप्त नगरेसम्म हुवावेसँग कुनैपनि कारोबार गर्न पाउनेछैनन् । यस्तोमा हुवावेले कठिन संघर्षपछि प्राप्त गरेको बिदेशी बजार शेयरमा, पछिल्लो समय गिरावट आउँदै गएको बताइएको छ । किनकी चीन बाहिरका हुवावे ग्राहकहरु गुगल प्ले स्टोर अनि फेसबुक, गुगल लगायतका चर्चित एप्लिकेसनको पहुँच नहुनेबारे चिन्तित छन् । यसबारे मंगलबार संचार माध्यम सिएनएनले हुवावेसँग बिना गुगल विश्वको नम्बर १ बन्न सक्नेबारे प्रश्न गर्दा रेनले स्वभाविक रुपमा त्यसमा कुनै समस्या नहुने भन्ने जवाफ दिएका हुन् । उनका अनुसार यसका लागि केही बढी समय लाग्न सक्छ तर असम्भव छैन । 

Agni Group

हुवावे विरुद्ध अमेरिकी अभियानका कारण कम्पनी दबाबमा रहँदै आएको छ । वासिङटनले हुवावेका उत्पादन राष्ट्रिय सुरक्षाका निम्ति जोखिमयुक्त रहेको आरोप लगाउने गरेको छ जसलाई हुवावेले भने अस्वीकार गर्दै आएको हो । गत हप्ता मात्र माइक्रोसफ्ट लगायत केही कम्पनीले अमेरिकी वाणिज्य विभागबाट स्वीकृति प्राप्त गरिसकेपछि देशको सुरक्षालाई नोक्सान नपुग्ने वा विदेश नीतिलाई अवरोध नगर्ने किसिमका सिमित व्यापार गर्न पाउने भएका हुन् । रेनले सिएनएनसँग बताए अनुसार अहिलेसम्म गुगलको लाइसेन्स अस्वीकृत भएको छैन तर स्वीकृति पनि प्राप्त गर्न सकेन । यस सम्बन्धी गुगलले तत्काल कुनै प्रतिक्रिया नजनाउने बताएको हो । 

हुवावेले सम्भव भएसम्म आफूहरु गुगलसँग काम गर्न इच्छुक रहेको तर आफूसँग ठूलो स्केलका अन्य विकल्प पनि रहेको बताउँदै आएको छ । हुवावेले आफ्नो छुट्टै अपरेटिङ सिस्टम र एपस्टोर निर्माण गर्दछ जसलाई ‘हार्मोनी’ भनिन्छ । तर हुवावेबाट केबल ४५ हजार एप मात्र डाउनलोड गर्न सकिन्छ जबकी गुगल प्ले स्टोरमा २८ लाख एपहरु उपलब्ध छन् । 

Global Ime bank

यस्तोमा वासिङटनले आफूमाथि रोक लगाउन बन्द नगरे यसले प्रतिस्पर्धीहरु बढाउँदै लैजाने रेनले उनले बताएका हुन् । उनी भन्छन्, “यदि हुवावे अमेरिकी आपूर्तिकर्तासँग काम गर्नै नसक्ने अवस्थामा पुग्यो भने हामीले अन्य विकल्प रोज्नुपर्ने हुन्छ । तरपनि म आशा गर्दछु कि अमेरिकी सरकारले अमेरिकी कम्पनीहरुको भलाइका बारेमा पनि सोच्नेछ । यसकारण यो समय हाम्रा लागि अत्यन्तै संकटपूर्ण क्षण हो ।’

यसरी अमेरिकाको कालोसूचीमा परेपनि हुवावेको प्रस्तुती धेरै शक्तिशाली साबित भएको छ । गत महिना कम्पनीले आफ्नो आम्दानी सार्वजानिक गर्दा अघिल्लो वर्षको तुलनामा पहिलो नौ महिनामै २४ प्रतिशतले आम्दानी वृद्धि भएको पाइएको हो । चीनमा कम्पनीको कारोबार अत्याधिक वृद्धि हुनुले नै हुवावेलाई धेरै मद्दत पुर्याएको बताइएको छ । सिएनएन  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  ०५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC