site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उच्च रक्तचापका बिरामी सबैभन्दा बढी गण्डकी प्रदेशमा, सुदूरपश्चिममा कम
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालमा २४ दशमलव ५ प्रतिशत नेपालालीमा उच्च रक्तचापको समस्या भएको पाइएको छ । स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको सर्वेक्षणले २४ दशमलव ५ प्रतिशत नेपालीमा उच्च रक्तचापको समस्या रहेको देखाएको हो । 

परिषद्ले सातै प्रदेशका पाँचहजार पाँचसय ९३ जनामा स्टेप सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा महिलाभन्दा पुरुषहरुमा उच्च रक्तचापको औषधी बढी खाइरहेको पाइएको छ । २९ दशमलव ८ प्रतिशत पुरुषमा देखिएको छ भने १९ दशमलव ७ प्रतिशत महिलामा उच्च रक्तचापको औषधि खाइरहेको पाइएको छ ।  
सो तथ्यांकले उच्च रक्तचापको समस्या सबैभन्दा बढी गण्डकी प्रदेशमा रहेको देखाएको छ । 

जसमा २९ दशमलव ९ प्रतिशत रहेको देखाएको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा रहेको देखाएको छ । जुन २१ प्रतिशत रहेको छ । 

Agni Group

त्यसैगरी प्रदेश पाँचमा २८ दशमलव २ प्रतिशत रहेको छ । भने प्रदेश तीनमा २५ दशमलव २ प्रतिशत मानिसमा रक्तचाप देखिएको छ । प्रदेश १ मा २६ दशमलव ६ प्रतिशत, कर्णाली प्रदेशमा २१ दशमलव ४ प्रतिशत र प्रदेश २ १८ दशमलव ७ प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको हो । 

पछिल्लो समय खानपान र जीवनशैलीका कारण मानिसहरुमा उच्च रक्तचापको समस्या बढ्दै गएको मुटु रोग विशेषज्ञहरु बताउँछन् ।

Global Ime bank

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादवदेब भट्टले उच्च रक्तचाप पछिल्लो समय कम उमेरमा नै देखिने गरेको बताए । उनले भने “उच्च रक्तचापले मुटुमात्र बढ्ने होइनकि अन्य मिर्गौला र मतिष्कघातजस्ता रोगलाई पनि बढाउने गरेको देखिन्छ ।”

वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले उच्च रक्तचाप नियन्त्रणमा ल्याउन नसके मिर्गौलासमेत फेल हुने गरेको देखिने बताए । उनले भने, “अधिकांश मिर्गौलाको समस्या भएर उपचार गर्न आउनेमा उच्चरक्तचापको समस्या देखिने गरेको छ ।”

रक्तचाप नियन्त्रण गर्ने तरिका 

सन्तुलित आहार खाने ।

खानामा नुनको प्रयोग कम गर्ने ।

आफ्नो स्वस्थ तौललाई कायम राख्ने ।

नियमित शारीरिक व्यायाम गर्ने  ।

धुम्रपान नगर्ने ।

हरेक दिन आफ्नो रक्तचाप चेकजाँच गर्ने आदि ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC