site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

नेपालमा नक्कली ‘डाक्टर’ले उपचारका नाममा गर्ने धन्दा बन्द गर्ने निर्देशन दिन पनि नेपालमा कसै न कसैको मृत्यु हुनुपर्छ । बाँकेको नरैनापुर गाउँपालिकामा नक्कली डाक्टरले उपचार गर्दा दुई जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा चलाइएका अवैध क्लिनिक बन्द गर्ने निर्देशन दिइएको छ । तराईका गाउँहरूमा यस्ता ज्यानमारा पसल बग्रेल्ती थापिएका छन् । यस्ता कतिपय नक्कली ‘डाक्टर’हरू वर्षौंदेखि गाउँगाउँ र बजारहरूमा समेत दोकान चलाइरहेका छन् । देशमा तीन तहको सरकार भए पनि जनताको ज्यानै धरापमा पार्ने पसलहरू चलाइरहँदासमेत ध्यान दिने चासो भने कसैले देखाएनन् । सरकारले गाउँमा आवश्यक स्वास्थ्य सुविधा दिन सकेको भए पनि यस्तो दुःखद घटना पक्कै हुने थिएन ।

बाँकेमा सोमवार मर्नेहरूजस्तै थुप्रै नेपालीको ज्यान त्यस्ता नक्कली चिकित्सकहरूले बर्सेनि लिइरहेका छन् । देशमा औपचारिक चिकित्सा शिक्षापछि नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण नगरी चिकित्सकका रूपमा कामकाज गर्न नपाइने कानुन छ । तर, निजी क्लिनिकमा बिरामी जाँचेर औषधि सिफारिस गर्नेहरूले काउन्सिलको परीक्षा उत्तीण गरे नगरेको भने बिरलै हेर्ने गरिन्छ । यही कारणले नरैनापुरमा जस्तो दुःखद घटना दोहोरिने गरेको हो । यस्ता घटना प्रायः राजधानीबाहिरका गाउँहरूमा हुने भएकाले पनि सरकारले खासै चासो नदेखाएको हुनसक्छ । सरकारी बेवास्ताका साथै जनप्रतिनिधिले ‘कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा’ भन्ने उखानको मर्म नबुझेका कारण पनि यस्तो घटना दोहोरिने गरेको हो । 

सरकारले सामान्य जनताको स्वास्थ्यलाई कहिल्यै गम्भीरतापूर्वक नलिएकैले नक्कली चिकित्सकले वर्षौँसम्म यस्तो पसल निर्बाध चलाउनु सकेका हुन् । साथै, जनस्वास्थ्यजस्तो गम्भीर विषयमा नक्कली चिकित्सक वा औषधिको बिगबिगीको परिणाम भयावह हुनसक्छ भन्ने पूर्वानुमान नगरिएकाले पनि यस्ता दुःखद घटना हुने गरेको हो । यस्ता ज्यानमारा दोकान बन्द गराउन मूलतः स्थानीय तहका जनप्रतिनिधि र प्रहरीमा यसको भयावह पक्षको ज्यान हुनु आवश्यक देखिन्छ । यस्ता घटनामा स्थानीय जनप्रतिनिधि र प्रहरीलाई उत्तरदायी पनि बनाउनुपर्छ । नेपाल मेडिकल काउन्सिलले पनि यस्ता ज्यानमारा दोकान बन्द गराउन प्रहरी र स्थानीय तहमा जनप्रतिनिधिलाई यसको भयावह परिणाका बारेमा चेतना जगाउने कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिन्छ । सरकारी बेवास्ता वा कानुन कार्यान्वयन गर्ने निकायको अक्षमताका कारण नागरिकको ज्यान जानु अक्षम्य अपराध हो । यसैले सरकारले देशभर तत्काल यस्ता ज्यानमारा पसल बन्द गर्न अग्रसरता देखाउनु जरुरी देखिन्छ । तर, राज्यले कम्तीमा पनि प्राथमिक उपचारको सुविधा जनताको पहुँचमा गाउँ गाउँमा उपलब्ध गराउनु नै यस्ता घटना हुन नदिने सबैभन्दा उत्तम उपाय हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ११, २०७६  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC