site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पछिल्ला दिनहरूमा समाजले ‘कामचोर’, ‘ठगदार’ जस्ता संज्ञा दिएका निर्माण व्यवसायी आन्दोलनमा छन् । सरकारले निर्माण व्यवसायीहरूसँग सम्बन्धित सार्वजनिक खरिद नियमावली संशोधन गर्दा सरोकारवालासँग सल्लाह नगरेको र अव्यावहारिक प्रावधान राखेर दुःख दिन खोजेको उनीहरूको गुनासो छ । यसैगरी निर्माण व्यवसायीहरूलाई मात्र काम नभएकोमा दोषी ठहर गर्ने समाजको दृष्टिकोणप्रति पनि तिनको असहमति छ । हालै केही जिल्लामा सडकको ठेक्का लिएर लामो समयसम्म अलपत्र पार्ने ठेकेदारहरूको तस्बिरको सार्वजनिक प्रदर्शन गरिँदा आफ्नो समुदायको मानमर्दन भएको निर्माण व्यवसायीले ठानेका रहेछन् । यस्ता अनेकौं सैद्धान्तिक र व्यावहारिक कठिनाइहरूको सम्बोधनको माग गर्दै निर्माण व्यवसायी महासंघकै नेतृत्वमा आन्दोलन थालिएको छ । विडम्बना, ‘कामचोर ठेकेदार’को संरक्षकका रूपमा बदनाम सरकार भने अहिले निर्माण व्यवसायीका मागहरू सम्बोधन गर्ने हैन कारबाही गर्ने तयारीमा देखिएको छ । 

केही दिन यता प्रधानमन्त्री केपी शर्मा ओलीले पटकपटक ठेकेदारहरूको काम गराइमा असन्तुष्टि प्रकट गरिरहेका छन् । उनले ठेकेदारमाथि कानुनबमोजिम कारबाही नगरेकोमा सरकारी अधिकारीहरू विशेषगरी मन्त्री र सचिवहरूको पनि आलोचना गरेको समाचार सार्वजनिक भइरहेको छ । प्रधानमन्त्रीलाई उद्धृत गर्दै दिइएका समाचारहरूअनुसार उनले ठेक्काका सर्तअनुरूप काम नगर्ने ठेकेदारहरूको धरौटी जफत गर्ने, ठेक्का भंग गर्नेजस्ता कारबाही गर्न र अहिले ठेक्का कबुल गर्नेबित्तिकै दिइने परिचालन खर्चका हकमा पनि पुनर्विचार गर्न निर्देशन दिएका छन् । अर्कातिर, प्रधानमन्त्री ओलीले निर्माण व्यवसायी महासंघकै कानुनी सल्लाहकारलाई आफ्नो पनि कानुनी सल्लाहकार नियुक्त गरेका छन् । यसैगरी धेरै ठेक्का ओगटेर काम लथालिङ्ग छाड्ने ठेकेदारका रूपमा ‘बदनाम’ व्यक्ति प्रधानमन्त्री ओलीकै पार्टीका कार्यकारी अध्यक्षका घरबेटी भएको पनि सबैले थाहा पाएकै हो । अर्थात्, ‘कामचोर’ ठेकेदारलाई कानुनबमोजिम कारबाही गर्न प्रधानमन्त्री ओलीले दिएको निर्देशन सार्वजनिक खपतका लागि मात्र साबित हुने सम्भावना नै बढी देखिन्छ । 

ठेक्का ओगटेर काम नगर्ने अधिकांश निर्माण व्यवसायी राजनीतिक नेताहरूकै निकटका छन् । राजनीतिक दलका नेतालाई ‘चन्दा’ र कर्मचारीलाई ‘नजराना’ दिएकै कारण ठेकेदारहरूले कानुनी प्रावधान र ठेक्काका सर्त मिच्ने र सरकारका ताकेता र निर्देशन नटेर्ने आँट गरेको हुनुपर्छ । तर, यस्ता अटेरी बेइमानहरूको संख्या भने अपेक्षाकृत सानो छ । कारबाही गर्नुपर्ने ठेकेदारहरूलाई कानुनबमोजिम कारबाही नगर्ने तर सबै निर्माण व्यवसायीलाई अप्ठेरो पर्ने गरी नियम बदल्ने बेइमानी सरकारले गरेको देखिन्छ । सायद, यही कारणले धमाधम काममा लाग्ने याममा निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रेका हुन् । यसैले राज्यले निर्माण व्यवसायीका उचित गुनासा सकेसम्म छिटो सुन्नु र सम्बोधन गर्नुपर्छ । अर्कातिर, आर्थिक वा अन्य कुनै प्रभावमा निर्माण व्यवसायीलाई अनुचित छुट दिने प्रचलन पनि अन्त्य गर्नुपर्छ । निर्माण व्यवसायीले पनि कामको गुणस्तरलगायत समयावधिका सर्त पालना गर्ने तर सरकारी कर्मचारी र नेतालाई अनुचित लाभ नदिने व्यावसायिक अभ्यास थाल्नुपर्छ । कम गुणस्तरको काम गर्ने र कर्मचारीलाई निश्चित् प्रतिशत बुझाएर पूरै भुक्तानी लिन नछाड्ने हो भने निर्माण व्यवसायीको आन्दोलन पनि देशलाई ठग्ने अर्को बहाना बन्नेछ । सरकार र निर्माण व्यवसायी दुवै पक्ष इमानदार र जवाफदेही हुनु आवश्यक छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC