site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
‘खर्बपति’ कम्युनिस्टलाई ठेगान लगाउने बेला आयो
Sarbottam CementSarbottam Cement

मुलकका ५२ स्थानमा उपचुनावको सरगर्मी छ । उत्तरपूर्वी भक्तपुरमा पनि उपचुनावको चहलपहल उत्कर्षतिर अभिमुख छ । मतदान गर्नेदिन आउन पाँचदिन बाँकी रहँदा परिणाम आफ्नो पक्षमा पार्न उमेदवारहरू अन्तिम कसरतमा छन् । भक्तपुर– १ को प्रदेशसभा सदस्यनिर्वाचनमा काङ्ग्रेसका प्रत्यासी कृष्ण भँडेललाई मातृशोक परेकाले उमेदवारबिना नै प्रचारप्रसार गरिरहेको छ । घरदैलो सिध्याएर काङ्ग्रेस प्रशिक्षण, भेला र मतदाता शिक्षामा केन्द्रित भएको छ । उपनिर्वाचनको माहोल र उपनिर्वाचनका तयारीका सन्दर्भमा काङ्ग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापासँग बाह्रखरीकर्मी अक्षर काका केशव सावदले गरेको कुराकानीको सम्पादित अंश–

नेपाली कांग्रेसले उपनिर्वाचनको तयारी कस्तो गरिरहेको छ ?
जुन दिन हामी निर्वाचनको हार्‍यौं, त्यही दिनबाट निर्वाचनको तयारीमा जुटिसकेका थियौं । हार लगत्तै हामीले अर्को निर्वाचनको तयारी सुरु गरेका थियौं । हामीलाई पाँच वर्षपछि निर्वाचन हुन्छ भन्ने लागेको थियो । तर, बीचैमा अकस्मात यस प्रदेशका विजयी उमेदवारको दुःखद् निधन भयो । दुःखद् घटना भए पनि हामी निर्वाचनमा जानुपर्ने हुन्छ । यसकारण पनि हामीले एक वर्ष अगाडि नै यो उपनिर्वाचनको तयारी गरिरहेको छौं । र, थियौं पनि । 

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितले निर्णय नै गरेर भक्तपुरभरि र विशेष गरी यो क्षेत्रमा ‘नेपाली कांग्रेस पुनर्जागरण अभियान २०७६’ नाउँ दिएर एक वर्षभरी जागरण अभियान चलाएका थियौं । जसको मूल नारा थियो– ‘जनजनमा कांग्रेस, मनमनमा कांग्रेस’ । 

Prabhu Bank
Agni Group
NIC Asia

हामीले अभियान सञ्चालन गरिरहेकै समयमा कांग्रेसले केन्द्रबाट एक महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्‍यो । त्यपछि दोस्रो चरणको राष्ट्रिय जागरण अभियान १५ दिनसम्म चल्यो । त्यो अभियान पनि हाम्रो उपनिर्वाचन केन्द्रित नै थियो । उपनिर्वाचनमा हाम्रो पूर्वतयारी छ । यो उपनिर्वाचन हामीले जित्छौं । 

यो उपनिर्वाचन सरकारको मध्यावधि समीक्षा पनि हो । मतदाताले आफूहरुले चुनाव अघि गरेका अपेक्षा पुरा गर्न सरकार असमर्थ देखियो भन्ने गुनासो गरिरहेका छन् । कांग्रेसले कसरी हेरिरहेको छ ?
हामीले बोल्दै गर्दा प्रधानमन्त्रीबाट ‘नेपाली कांग्रेस आफू निर्वाचन हारी सकेपछि डाहा गरेर सरकारले केही गर्न सकेन भनिरहेको छ’ भन्ने ओठे जवाफ आउँछ । आमरूपमा निर्वाचनमा जनताले नेपाल कम्यनिस्ट पार्टी (तत्कालीन एमाले र मओवादी) बाट ठूलो अपेक्षा राखेर बहुमत नै दिए । जनताका केही अपेक्षाहरू पनि थिए, त्यो जनताको कुरा भयो । 

Global Ime bank

तर, यो उपनिर्वाचनमार्फत दुईतिहाइ लिने, गरिबलाई सधैं गरिब बनाइरहने र सधै गरिबको नाउँमा राजनीति गरेर अरब–खरबपति बन्ने कम्युनिस्टहरुलाई ठेगान लगाउने र मुलुकबाट कम्यनिस्टहरुलाई सिध्याउने अभियानको रूपमा मैले लिएको छु । 

सरकारको दुई वर्षे समीक्षा गर्ने हो भने प्रधानमन्त्री नै यो स्थायी सरकारको पाँच वर्षसम्म ढुक्कसँग यही सरकार रहन्छ भन्ने नै अनुभूति छैन् । उहाँले प्रचण्डलाई कार्यकारी सुम्पिएर आप्नो प्रधानमन्त्री पद सुरक्षित गर्नुभएको छ । जनताको अपेक्षा पुरा गर्नेभन्दा पनि प्रधानमन्त्री आफ्नो पद सुरक्षित गर्नेतर्फ केन्द्रित हुनुहुन्छ । सरकारले जनता, जनजीविका, विकास निर्माणसँग सम्बन्धित कुनै पनि कुराहरू गर्न सकेको छैन् । 

अरु धेरै कुरा नगरौं, प्याजकै भाउ बढेर एक सय ८० पुगेको छ । अरु अनुमान लगाउनुस् अन्य उपभोग्य सामानको मूल्य कहाँसम्म पुगेको होला । सर्वसाधारण जनता कसरी बाँचरिहेका छन्, राष्ट्रसेवक कर्मचारी, प्रहरी, आर्मी कसरी बाँचिरहेका छन्, दैनिक ज्याला मजदुरी गरेर बस्ने कामदार कसरी बाँचिरहेका छन् कल्पना गर्न सकिन्न । तथापि, यो चलिरहेको छ । कुनै दिन यो विष्फोट हुन्छ, यो विष्फोट भएको दिन दुई तिहाइको नेकपाको सरकारलाई बगाएर नलगोस् ।  

कांग्रेसले चुनाव जितेपछि यो क्षेत्रको विकासका लागि के–के योजना बनाएको छ ?
यो क्षेत्रमा हाम्रो उमेदवार जितेर गइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भनेकै जस्ते माथि नगरकोटदेखि तेलकोट हुँदै चाँगुनाराण भएर सरस्वती खेलसम्म रेल चलाइदिन्छौं भनेर चुनाव जितिन्छ भने हामी त्यो भन्न तयार छौं । 

अब यहाँ खोला त छैन । तर खोला खनेर समुद्र बनाएर पानीजहाज चलाउँछौं भनेर चुनाव जितिन्छ भने हामी त्यो भन्न पनि तयार छौं । यदि जनतालाई त्यस्तै लाग्छ भने । 

तपाईंको घरघरमा पाइपबाट ग्याँस जोड्दिन्छौं भनेर गएको चुनावमा कम्युनिस्टहरुले चुनाव जितेका थिए, त्यसरी चुनाव जितिन्छ भने हामी पनि त्यस्ता झुटा आश्वासन दिन तयार छौं । 

केन्द्र सरकारमात्रै होइन, यो ३ नम्बर प्रदेशमा पनि कम्युनिस्टको दुईतिहाइ सरकार छ । प्रदेशको नामाकरणसम्म गर्न नसकेको, प्रदेशको स्थायी राजधानी तोक्न नसकेको परिस्थितिमा हामीले जितेर गए पछि हाम्रा उमेदवारमार्फत भक्तपुरलाई नै राजधानी बनाउने पहल गर्छौं । र, प्रदेशको नामाकरणका लागि पनि हाम्रा उमेदवारमार्फत थप पहल हुनेछ । यस्तै विकास निर्माणको काम पनि प्रदेश सरकारसँगको समन्वयमा हुने नै छन् । 

हाम्रो उमेदवार निर्वाचित भएर गइसकेपछि नगरकोट सडकलाई कुनै पनि हालतमा दुई महिनामै पूर्णता दिनेछौं । ठेकेदार प्रचण्डका घरबेटी नै किन नहुन हामी जसरी पनि सडक कालोपत्रेका लागि जे–जे गर्न पर्छ गर्न तयार छौं । 

उपनिर्वाचन जित्छौं भनेर बडो ढुक्कैसँग भनिरहनुभएको छ, तपाईंको पार्टीले चुनाव जित्ने आधारहरु के–के हुन् ?
मैले अघि पनि भनें, निर्वाचनका लागि हाम्रो अगाडिदेखि नै तयारी थियो । त्यसमा पनि हामीले उमेदवार पनि समाजसेवी, विकासप्रेमी दिएका छौं । जसले जे सुकै भने पनि चुनाव जित्ने आधार भनेको त संगठन नै हो । हामीले संगठन र पार्टीका साथीहरुलाई एकढिक्का बनाएका छौं । 

यतिमात्रै होइन । हामी र पशुपति शमशेर राणाको नेतृत्वमा रहेको राप्रपा संयुक्त तालमेल गरेर चुनाव लड्दैछौं । उहाँहरूको यो क्षेत्रमा बलियो पकड छ । उहाँहरूले हामीलाई निस्वार्थ रूपमा सघाउने हुनुभएको छ । आगामी स्थानीय तहको निर्वाचनमा हामी मिलेरै अगाडि जाने सहमति भएको । यो पनि हाम्रो जित्ने थप बलियो आधार हो । 

हाम्रो चुनाव जित्ने मुल आधार भनेको यस पटक हामी पार्टीका सबै तह र तप्काका साथीहरु यो निर्वाचनमा होमिएका छौं । पार्टीलाई एकढिक्क बनाएर अगाडि बढेका छौं । हाम्रो पार्टी भित्रका सबै साथीहरु एकढिक्का छौं । 

तपाईंकै पार्टीका नेताहरुले ‘कांग्रेस हार्ने भनेको कांग्रेसकै कारणले हो’ भन्दै आउनुभएको छ, अन्तरघात भयो भने नि?
हामीले सबै साथीहरुलाई राखेर, छलफल गरेर नोमिनेशन गरेकै दिनबाट उमेदवारका आकांक्षी नौ जना नै निरन्तर रूपमा सँगै लिएर प्रचारप्रसारमा हिँडेका छौं । सबै साथीहरु रातबिहान नभनेर खटिरहनुभएको छ । 

हाम्रा लागि दुःखद कुरो के भने उमेदवार कृष्ण भँडेलकी ममतामयी माताको दुःखद निधन भयो । जसले गर्दा उमेदवार घरदैलो कार्यक्रममा सहभागी हुन सक्नुभएको छैन् । उहाँ सहभागी नहुँदा पनि हाम्रो पार्टीका नौ जनै आकांक्षी उमेदवार घरदैलो कार्यक्रममा सहभागी हुनुभएको छ । 

पार्टीका सबै साथीहरु एकजुट छौं । केन्द्रीय तहका नेताज्यूहरुले नजिकबाट भक्तपुरलाई नियाली रहनुभएको छ । यो उपनिर्वाचनबाट कांग्रेसले कांग्रेसलाई हराउने खेल सधैका लागि हामी अन्त्य गरेर देखाउन गइरहेका छौं । दुविधा कसैमा नरहोस्– कांग्रेसले कांग्रेसलाई हराउने होइन कि राप्रया संयुक्तसँग मिलेर हामीले हाम्रा उमेदवारलाई जिताउने पक्कापक्की बनाएका छौं ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC