बाह्रखरी
Ncell inner sticky
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
देउवालाई पौडेल पक्षको चेतावनी– सरकारमा एक्लै नजाने, समूहमा जाने, सम्मानजनक नभए नजाने
KNP nepal
KNP nepal
बाह्रखरी - मंगलबार, साउन १८, २०७३
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई रामचन्द्र पौडेल पक्षधरले सरकारमा सहभागी गराउँदा सम्मानजनक नभए नजाने चेतावनी दिएका छन् । मंगलबार विहान पौडेल पक्षधरका नेताहरुको अनामनगरमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
“सरकारमा एक्लाएक्लै नजाने, समूहमा मात्रै जाने र सम्मानजनक नभए नजाने निष्कर्ष निकालेका छौं,” बैठकमा सहभागी एक नेताले बाह्रखरीसँग भने । यसबारेमा पौडेलले देउवाको ध्यानाकर्षण गराइसकेका छन् ।
पौडेलले आफ्नो पक्षबाट ६ जना सरकारमा सहभागी हुनुपर्ने बताउँदै आएका छन् ।  शेखर कोइराला, नविन्द्रराज जोशी, किरण यादव, सिता देवी यादव, सुरेन्द्र आचार्य, राजन केसी लगायतका नेताहरूलाई सरकारमा सहभागी गराउने प्रयास भईरहेको स्रोतले जानकारी दियो ।
बैठकमा सहभागी कांग्रेस नेता बलबहादुर केसीले सरकारमा सहभागीताका विषयमा आन्तरिक छलफल भएको बताए ।
 
Nepal Investment bank
Nepal Investment bank
मंगलबार, साउन १८, २०७३ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्