site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राइड थ्रु सिन्धुलीगढी साइकयात्रा जनकपुरमा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको टोली तेस्रो दिन जनकपुरधाम पुगेको छ । काठमाडौंको पशुपतिनाथबाट हिँडेका २११ जना साइकलयात्रीलाई जनकपुरमा पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीले स्वागत गरेका थिए । साइकल यात्रीलाई काठमाडौंमा संघीय सरकारका पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा र राइड थु्र्र सिन्धुलीगढीको झण्डा विश्व साइकलयात्री पुस्कर शाहले दिएर विदाइ गरेका थिए । ती झण्डा जनकपुरमा शाहले पूर्व उपप्रधानमन्त्री निधीलाई हस्तान्तरण गरेका छन् । 

जनकपुरमा आयोजित स्वागत कार्यक्रममा निधीले यस प्रकारको सद्भाव यात्राले मुलुकलाई सांस्कृतिक रुपमा जोड्ने बताए । “तपाईंहरुले सरकारले गर्नुपर्ने काम गर्नु भएको छ”, उनले भने, “यसले पर्यटन प्रबर्धनमा उल्लेख्य रुपमा सघाउने छ ।”

Agni Group

कार्यक्रममा साइकलयात्रा आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले दुई सांस्कृतिक सहर काठमाडौं र जनकपुरधाम, पहाड र तराई, ३ नम्बर प्रदेश र २ नम्बर प्रदेश जोड्न साइकल यात्रा आयोजना गरिएको बताए । “अंग्रेजलाई पहिलो पटक परास्त गरेको स्थल ऐतिहासिक सिन्धुलीगढी हुँदै यो साइकलयात्रा सम्बन्ध मजबुत बनाउने सेतु पनि हो”,  उनले भने, “हरेक नेपालीलाई हाम्रो पुर्खाले वीरता देखाएको स्थल एक पटक पुग्न पर्ने सन्देश हामी साइकल यात्रा मार्फत दिन चाहन्छौं ।”

जकपुरधाममा आयोजित स्वागत कार्यक्रममा मैथिल संस्कृति र कला समेटिएको झिँझिया नाइट्स् आयोजना गरिएको थियो । साइकल यात्राको सह आयोजक सानो पाइलाले संयोजन गरेको कार्यक्रममा मैथिल कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेर साइकलयात्रीलाई मनोरंजन प्रदान गरेका थिए ।

Global Ime bank

यस वर्षको साइकल यात्रामा महिलाको संख्या उल्लेख्य छ । संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको संपूर्ण खर्च बेहोर्ने भएकाले महिलाको संख्या धेरै भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिए । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न चार वर्षदेखि राइड थु्र सिन्धुलीगढी आयोजना गर्दै आएको छ । राइड थु्र सिन्धुलीगढीलाई ब्राण्डिङ गरेर विदेशीलाई समेत सहभागी गराउने गरी साइकल यात्रा थालिएको घिमिरेले बताए । यस वर्ष संयुक्त राष्ट्र संघ, ब्रिटिस काउन्सिल जस्ता अन्तराष्ट्रिय संस्था हाम्रो साइकलयात्रासँग जोडिएका छन् आयोजक समृद्द सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने, हाम्रो साइकलयात्राले अन्तराष्ट्रिय पहिचान पाएको छ । यो नेपालीहरुका लागि गौरवको कुरा हो ।

साइकलयात्रामा ९ वर्षका बालक शुभम् राईदेखि ६६ वर्षका सोनाम गुरुङसम्म सहभागी छन् । यात्रामा सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाल प्रहरीका बरिष्ठ उपरीक्षकलगायतका अधिकृतहरु, सेनाका बरिष्ठ अधिकृतहरु कलाकार, अभिनेतासमेत सहभागी छन् । यस वर्षको साइकलयात्रामा उत्साहजनक सहभागिताले आफूहरु निकै उत्साहित भएको अभियानका अध्यक्ष लीलानाथ घिमिरेले बताए । काठमाडौंबाट हिडेका साइलयात्री झण्डै २ सय ५० किलोमिटर यात्रा पूरा गरेर आइतबार जनकपुरधाम आइपुगेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC