site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चिकित्सा शास्त्रका विद्यार्थी घोर अन्याय र चरम शोषणमा परेका छन् भन्ने त प्रधानमन्त्री केपी ओली स्वयंले पनि स्वीकार गरिसकेका छन् । तर, उनको स्वीकारोक्ति प्रहरी प्रशासनको विद्यार्थीसँगको व्यवहार हेर्दा भने ‘गोहीको आँसु’ मात्र रहेको भान हुन्छ । उनकै निकट रहेका मानिने ‘चिकित्सा शिक्षाका कालाबजारी’हरू नै अहिले विद्यार्थीको दमनमा प्रहरी प्रशासनको आडमा धाकधम्की र शक्ति प्रयोगमा उत्रेका छन् । चितवन जिल्ला प्रशासनको रोहबरमा भएको सहमतिसमेत कार्यान्वयन नभएपछि विद्यार्थी हडतालमा उत्रेका हुन् । दुर्भाग्य, वीरगन्जको नेसनल मेडिकल कलेजभित्रै न्याय खोज्ने विद्यार्थी शुक्रवार कुटिए । अगिल्लो राति पनि उनीहरूलाई होस्टेलभित्र छिर्न दिइएन । विद्यार्थीको अपराध सरकारले मेडिकल कलेजहरूलाई दिएको आदेश पालन होस् भन्नेमात्रै हो । 

उनीहरूलाई अहिले सत्ताको आडमा ‘मेडिकल माफिया’ले दबाउन पनि सक्ला । राज्यले न्याय नगरेपछि विवश भएर विद्यार्थीले थाकेर आन्दोलन छाड्न पनि सक्छन् । अभिभावक पनि सन्तानको भविष्य र ठूलो धनराशिको लगानी जोगाउन कालाबजारियाले मागेको मोटो रकम जसरी पनि चुक्ता गर्न तयार हुनसक्छन् । तर, विद्यार्थीलाई अहिले यसरी निरीह बनाइयो भने राज्यका प्रति तिनमा सधैँ नै एकप्रकारको वितृष्णा रहिरहनेछ । सायद, राष्ट्रको भविष्यका लागि सबैभन्दा ठूलो हानि यही वितृष्णा बन्न पुग्नेछ । यस्तै, नेसनल मेडिकल कलेज वीरगन्जमा केही उपल्लो वर्षका विद्यार्थीहरू नै आन्दोलन दबाउन सक्रिय भएको समाचारले झन् झस्काएको छ । यस्तो भिडन्तमा थप अप्रिय दुःखद घटना भयो भने जनआक्रोश थाम्न कठिन हुनेछ । चितवनमा कलेज परिसरमा प्रहरीले गोलीसहितको बन्दुक बरामद गरेको छ । तर, विद्यार्थीले भने त्यसलाई आन्दोलन दबाउन प्रशासनले गरेको प्रपञ्च भनेका छन् ।  

मेडिकल कलेजका विद्यार्थीहरूको आन्दोलनबाट सरकारमात्र हैन प्रतिपक्षका नेतासमेत ‘मेडिकल माफिया’का ‘क्रीतदास’ रहेछन् भन्ने स्पष्ट भएको छ । तर, सबैभन्दा नराम्ररी त ठूला भनिएका कथित विद्यार्थी संगठनहरूका नेताहरूको पोल खुलेको छ । विद्यार्थीहरूमाथि यति दमन, शोषण र अन्याय हुँदा पनि ती विद्यार्थी संगठनका नेताहरू मौन रहेबाट ‘मेडिकल माफिया’को रछानमा तिनीहरू कति लटपटिएका रहेछन् भन्ने पनि छर्लंग भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले पनि चिकित्सा शिक्षाका विद्यार्थीहरूको आन्दोलनमा गरिएको दमन र तिनको मानव अधिकार उल्लंघनको विषयलाई गम्भीरता पूर्वक लिनुपर्छ । विद्यार्थीको आन्दोलन चर्केको पर्सा, चितवन, कास्की, रुपन्देहीलगायतका जिल्लाका स्थानीय प्रशासकहरूले पनि विवेक बन्धक नराखी न्यायको साथ दिनुपर्छ । अहिले आफूले अन्याय गरेकै विद्यार्थीले भोली ज्यान बचाउँदा ग्लानिको अनुभव गर्नु नपरोस् । मेडिकल माफियाको प्रभाव र दबाबमा आन्दोलनरत विद्यार्थीमाथि दमन गर्दा पछुताउनु नपरोस् ! 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC