site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

अनगिन्ती फौजदारी आरोप लागेका कार्यकारी अध्यक्ष भएको पार्टीले ज्यानमार्ने उद्योगमा अदालतले तारेखमा राखेका व्यक्तिलाई मन्त्री बनाउनु खासै आश्चर्यको विषय हैन । परन्तु, विधिको शासन र नैतिकताको ख्याल राख्ने हो भने मन्त्रिपरिषद्को हेरफेरमा पार्वत गुरुङ मन्त्री बनाउनु हुँदैनथियो । प्रधानमन्त्रीले सिफारिसै गरे पनि राष्ट्रपतिले गुरुङ ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि तारेखमा रहेको सम्झाइदिनु पर्थ्यो । तर, पार्टीको आन्तरिक झगडा मिलाउन साक्षी बस्न रुचाउने राष्ट्रपतिले अदालतमा गम्भीर अभियोगमा मुद्दा चल्दै गरेको अभियुक्तलाई मन्त्री पदको शपथ गराउन हिचकिचाइनन् । राष्ट्रपतिबाट दलगत राजनीतिमा नमुछिनु पर्ने राष्ट्रको सर्वोच्च संस्था र व्यक्तिको गरिमाको रक्षा भएन । प्रधानमन्त्रीले फौजदारी अभियोगमा अदालतमा तारेखमा रहेका व्यक्तिलाई मन्त्री बनाएर प्रचलित कानुनमात्र हैन नैतिकताको पनि उपहास गरेका छन् ।  

मन्त्रिपरिषद् पुनर्गठनमा केही मन्त्री हट्ने र केही नयाँ मन्त्री हुनु स्वाभाविक हो । ‘खच्चड’ नै भए पनि नेपालको संविधान, २०७२ ले अपनाएको शासन प्रणाली संसदीय नै हो । यसैले संविधानबमोजिम मन्त्रिपरिषद्मा हेरफेर गर्नु प्रधानमन्त्रीको तजबिजी अधिकार हो । तर, प्रधानमन्त्री वा अरू कुनै पनि राज्यका पदाधिकारीले तजबिजी अधिकार प्रयोग गरेर निर्णय गर्दा पनि कानुनसम्मत र पारदर्शी भने हुनुपर्छ । संविधान र प्रचलित कानुनमा थुपै विषयहरू स्पष्ट शब्दमा नलेखिन सक्छन् । त्यस्तो अवस्थामा निर्णयकर्ताले विवेक प्रयोग गरेर नैतिकताको पालना गर्नुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्वत गुरुङलाई मन्त्री बनाउँदा तजबिजी अधिकार त प्रयोग गरे तर विवेक र नैतिकता देखाउन सकेनन् । 

ज्यान मार्ने उद्योगजस्तो गम्भीर अभियोगमा अदालतले तारेखमा राखेको व्यक्तिलाई मन्त्री बनाउनु न्यायपालिकाको अवज्ञा त हो नै न्याय प्रक्रियामा हस्तक्षेप र दबाब दिनु पनि हो । नवनियुक्त मन्त्री गुरुङ दोषी ठहर त भइसकेका छैनन् तर फौजदारी मुद्दाका अभियुक्त भने हुन् । फौजदारी मुद्दा चल्नेबित्तिकै अभियुक्त कुनै पदमा भए पनि निलम्वित हुन्छ । यसैले फौजदारी मुद्दाका अभियुक्तलाई कुनै पदमा नियुक्त गरिने कल्पना संविधानले गर्दै नगरेको देखिन्छ । अर्थात्, गुरुङलाई मन्त्री बनाउने काम नैतिक र कानुनीमात्र हैन संवैधानिक दृष्टिले पनि अनुचित हुन्छ । गुरुङमाथि चलेको मुद्दामा न्यायालयलाई प्रभावित पार्ने नियतले प्रधानमन्त्रीले उनलाई मन्त्री बनाएका त हैनन् नै होला । प्रधानमन्त्रीलाई शंकाको सुविधा दिनुपर्छ । तर, अब गुरुङलाई मन्त्री नियुक्त गर्नु नैतिक र संवैधानिक दृष्टिले अनुचित र व्यावहारिक दृष्टिले पनि गलत देखिइसकेपछि त्यसलाई सच्याउनु उचित हुनेछ । अदालतले उनलाई निर्दोष साबित गरेका खण्डमा मन्त्री त फेरि बनाए पनि हुन्छ । तर, फौजदारी मुद्दामा पुर्पक्षमा तारेखका छाडिएको व्यक्तिलाई मन्त्री बनाउने गलत अभ्यास सुरु भयो भने यो विधिको शासनको चरम उपहास र दण्डहीनताको स्पष्ट प्रमाण हुनेछ ।  
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC