site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
 खेलाडीका लागि घरेलु मैदान नै अपरिचित
Sarbottam CementSarbottam Cement

काठमाडौं । घरेलु मैदानमा आयोजना हुन लागेको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आउन नौ दिन बाँकी छ । समय घर्किँदै गए पनि पूर्वाधारले पूर्णता पाएका छैनन् ।  प्रतियोगिताको मूख्य आकर्षकका रुपमा रहेको फुटबल मैदान पूर्णरुपमा बनेको छैन । मैदान बनाउने काम चलिरहे पनि प्यारापिटको काम भर्खरै सुरु भएको छ । 

एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशाला समयमै सम्पन्न नहुँदा विश्वकप छनोटमा कुवेतविरुद्धको खेल पनि नेपाली फुटबल टोलीले घरेलु मैदानमा खेल्न पाएन । उता पोखरामा अभ्यास गरिरहेको महिला फुटबल टोलीले पनि आफू खेल्ने मैदान हेर्नसमेत पाएको छैन । प्यारापिटको काम चलिरहेको छ भने रंगशालामा दुबो बिछ्याउने कार्य भइरहेको छ । 

फुटबल मात्र होइन सागमा हुने भनिएका धेरै खेलहरुको तयारी खेल हुने स्थानभन्दा अलग छ । उसोत, सबै खेलको तयारी खेल हुने स्थानमा गरिनु पर्दछ भन्ने पनि होइन । अन्तर्राष्ट्रिय नियम र मान्यताअनुसार खेल हुने स्थानमा प्रशिक्षण नहुने भए पनि घरेलु खेलाडीको हकमा खेल हुने स्थानमा तयारी गर्दा खेलाडीहरुको तयारीमा धेरै फरक हुन्थ्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुका लागि अन्य देशका खेलाडीजस्तै मैदान अहिले विरानो छ । भौतिक पूर्वाधारको तयारी भइरहँदा खेलाडीहरुलाई खेल हुने मैदानको बारेमा पूर्णरुपमा जानकारी छैन  । अन्य देशका खेलाडीजस्तै । 

महिला–पुरुष फुटबल

Global Ime bank

सागमा पदकको अपेक्षा गरिएकोमध्ये फुटबल पनि एक हो । लामो समयपछि दशरथ रंगशालामा खेल्न उत्साहित खेलाडी मैदानबारे अनविज्ञ छन् । अहिले टोलीमा रहेका केही खेलाडीले दशरथ रंगशालामा खेले पनि नयाँ खेलाडीमा अनुभव छैन ।  सधैँ तयारी गरिरहेको स्थानमा खेल्न पाएमा खेलाडीको प्रदर्शनमा उत्कृष्टता आउने स्वाभाविक हो । तर समयमै पूर्वाधार नबन्दा यी सबै सुविधा नेपाली खेलाडीहरुले गुमाइसकेका छन् । अब खेलाडीले खेल हुने अघिल्लो दिन एक घण्टा अभ्यास गर्न पाउनेछन् । 

“घरेलु मैदानको फाइदा, खेल हुने मैदानमा तयारी गरेर मात्र हुन्छ भन्ने छैन्, यहाँको हावा, पानी र समर्थकको हिसाबले पनि घरेलु मैदानको फाइदा लिन सहज हुन्छ । तर, घरेलु टोली भएका नाताले खेल हुने स्थानको राम्रो जानकारी लिन पाएमा प्रदर्शमा पनि उत्कृष्टता हुने थियो । उनीहरुले गर्ने प्रदर्शन पनि फरक खालको हुने थियो । त्योबाट नेपाली खेलाडी बञ्चित भएका हुन्,” एन्फाका लिग डाइरेक्टर सञ्जिव मिश्रले बाह्रखरीसँग भने । 

नेपालमै हुने प्रतियोगिताका लागि नेपाली खेलाडीले घरेलु मैदानमा तयारी गर्न पाएको भए उनीहरुले बेग्लै खालको अनुभुति लिनसक्थे ।

बास्केटल बल–एथ्लेटिक्स 

नेपालले स्वर्ण जित्ने लक्ष्य राखेको खेलमध्ये अर्काे एथ्लेटिक्स हो । एथ्लेटिक्सका खेलाडीहरु पनि सागअघि एथ्लेटिक्स हुने स्थानमा पाइला टेक्न पाएका छ्रैनन् । उनीहरुले भद्रकालीस्थित आर्मीको ग्राउन्डमा सागको लागि तयारी गरिरहेका छन् ।  लामो समय पछि घरेलु मैदानमा हुन लागेको सागका लागि खेलाडीहरु उत्साहित त छन् । तर, उनीहरुलाई एथ्लेटिक्स हुने स्थानमा तयारी गर्न नपाउँदा दुःख भने लागेको छ । 

“पहिलो पटक सागमा भाग लिँदैछु । खेल हुने स्थानका बारेमा धेरै जानकारी छैन । जानकारी लिएको भए पनि खेल प्रदर्शनमा केही सहज हुने थियो । तर, साग आउन केही दिन बाँकी रहँदा मैदान हालसम्म खेल स्थल देखेको छैन्,” एक एथ्लेटिक्स खेलाडीले भने । 

यता त्रिपुरेश्वको कबर्डहलमा हुने भनिएको बास्केटबलको खेल पनि हालसम्म कबर्डहलमा भएको छैन । धरानमा तयारी गरेको बास्केटबल टोलीले त्यसपछि हाल छाउनीमा तयारी गरिरहेको छ । बास्केटबल हुने भनिएको त्रिपुरेश्वर कवर्डहलमा भलिबल तथा ब्याट्मिन्टनको तयारी भइरहेको छ । 

घरेलु मैदानमा तयारी नगर्दाको असर 

घरेलु मैदानमा नै तयारी गर्न नपाउँदा खेलाडीको प्रदर्शनमा धेरै असर पर्दछ । यदि खेल हुने मैदानमा नै तयारी गरेर प्रतियोगितामा भाग लिन पाएमा खेलाडीले तयारी गरिरहेको सरह हुनेछ । उनीहरुको प्रदर्शन पनि बेग्लै हुने खेलकुद पत्रकार निरन्जन राजवंशीको बुझाइ छ । 

बाह्रखरीसँगको कुराकानीमा राजवंशीले भने, “घरेलु मैदानको फाइदा लिन नेपाली खेलाडी वञ्चित भएका छन् । घरेलु मैदानमा खेलाडीले गर्ने प्रदर्शन फरक खालको हुने भएकाले नै होम एण्ड अवे प्रणाली ल्याइएको हो । नेपाली खेलाडीहरुले घरेलु मैदानको फाइदा लिन नसके पनि घरेलु समर्थकको फाइदा भने उठाउन सक्नुपर्छ ।”  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ६, २०७६  ०७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC