site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले सार्वजनिक गर्‍यो सरकारका २१ असफलता : निर्मला प्रकरणदेखि ‘होली वाइन’सम्म
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपनिर्वाचनको मुखैमा आएर २१ महिना अगाडि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा गठन भएको सरकारका २१ असफलताहरु सार्वजनिक गरेको छ । 

कांग्रेसले मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनलाई लक्षित गरेर ‘नेपाली कांग्रेसको आह्वान’ नामक पुस्तिकामार्फत सरकारका २१ असफलताहरु सार्वजनिक गरेको हो । बुधबार केपी ओली नेतृत्वको सरकार गठन भएको २१ महिना पुग्दैछ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा ५० बढी युवामार्फत उपनिर्वाचनको घोषणा पत्रका रुपमा ‘नेपाली कांग्रेसको आह्वान’ नामक पुस्तिका सार्वजनिक गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यी हुन् कांग्रेसले औंल्याएका सरकारका असफलताहरु

Global Ime bank

१) राष्ट्रियताको प्रश्नमा असफलता
२) संविधानप्रति अपनत्वको दायरा विस्तारमा असफलता
३) सत्ताको सैद्धान्तिक चरित्र निक्र्योलमा असफलता
४) संघीयताको बाँकी कार्यभार पूरा गर्न असफलता
५) कूटनीतिक मामिलामा अपरिपक्वता
६) विप्लव प्रकरण :  असफलताको फरक पाठ
७) शान्ति सुरक्षा :  निर्मला प्रकरणमा हरायो सरकार
८) मूल्य वृद्धि :  धरहरा ढलेर हुनुपर्छ सगरमाथा उक्लियो महंगी
९) वाइडबडी लगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ
१०) बूढीगण्डकी :  कम्यनिस्ट सरकारको राष्ट्रघात
११) मेलम्ची परियोजनामाथि खेलवाड
१२) निजगढ एयरपोर्टको भविष्य अन्योल
१३) चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न
१४) सरकारको नियतले असफल संवैधानिक परिषद्
१५) शब्दमा प्रेस स्वतन्त्रता व्ष्वहारमा नियन्त्रण 
१६) धर्मको प्रश्नमा होली वाइन प्रकरण
१७) गुठी विधेयक :  जनशक्तिले झुकाएको सत्ता
१८) सामाजिक सुरक्षा कोष :  कर्म कसैको प्रचार कसैको
१९) बालुवाटार जग्गा काण्डमा लिलाम नैतिकता
२०) कम्यनिस्ट सरकार उकालो लाग्दा सेयर बजार ओरालो
२१) असहिष्णु अभिव्यक्ति :  अराजनीतिक चरित्र

पुस्तिकामा सार्वजनिक पछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले पाँच वर्षका लागि गठन भएको सरकारको सफलता र असफलताको समग्र मूल्यांकन अवधि पुग्दै गर्दा हुने भए पनि २१ महिनाको अवधिमा देखिएका परिणामहरुले नेपाली जनताका लागि सुखद संकेत नदेखाएको दाबी गरे । 

“पाँच वर्षका लागि गठन भएको सरकारको सफलता र असफलताको समग्र मूल्यांकन पाँच वर्ष पुग्दै गर्दा नै हुने हो । तर बिहानीले दिउँसोको संकेत गर्दछ भनिएझै दुईतिहाइको सरकारको पाँच वर्षको तीन भाग मध्ये एक भाग अर्थात २१ महिना अर्थात एक तिहाइ सकिइसकेको छ । र यो अवधिले बाँकी दिउँसो र साँझका लागि परिणाम सुखद संकेत विल्कुलै दिएको छैन्,” उनले भने । 

शर्माले आशन्न उपनिर्वाचनमा मतदान गर्नु अघि मतदाताले २१ महिनामा सरकारका २१ असफलतालाई गहिरोसँग केलाउन जरुरी रहेको आवश्यकता औंल्याए । “वर्तमान सरकारको २१ महिनाको गतिविधिप्रति के तपाईं सन्तुष्ट हुनुहुन्छ ? कम्युनिस्ट सरकार बनाउँदा तपाईंले दुख्नु भएका सपनाहरु के यस्तै वेथितिपूर्ण थिए,” उनले भने, “सरकार बनाउने र सरकार बदल्ने निर्वाचन त होइन । तर तपाईको एक मतले सरकारका गतिविधि सच्याउन दबाब पुग्छ । तपाईको मत सरकारको शैली बदल्न महत्वपूर्ण हुनेछ ।”

कांग्रेसले २१ महिनाको अवधिमा आफूले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरेको पनि दाबी गरेको छ । “सडक र सदन दुबै ठाउँमा रेलिङदेखि कुर्सी हुँदै रोष्ट्रमसम्म तोडफोड गर्ने, ध्वंशमा विश्रवास गर्ने प्रतिपक्ष हेर्न बाध्य हुँदै आएको हाम्रो समाजले कांग्रेसको शालिन । 

जिम्मेवार प्रतिपक्षीय भूमिकालाई कमजोर भूमिकाका रुपमा टिप्पणी गरेको हुन सक्छ,” प्रवक्ता शर्माले भने, “तर शान्ति स्थापना, नयाँ संविधान घोषणा र निर्वाचनमार्फत तीन तहकोसरकारको अस्तित्व निर्माण गरेर ऐतिहासिक दायित्व पूरा गरेको कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता र समृद्धिको यात्रालाई गति दिनजिम्मेवार प्रतिपक्षको रुपमा रचनात्मक भूमिका निर्वाह आप्mनो परम कर्तव्य ठान्यो र त्यही कर्तव्यउपनिर्वाचन अघिको २१ महिनामा निर्वाह गरिरहेको छ ।”

कांग्रेसले निर्वाह गरेको प्रतिपक्षको भूमिकाले नागरिकको जीवनलाई कुनै पनि असर नपरेको दाबी गर्दै उनले जनताको भावना बमोजिम आगामी दिनमा पार्टीको भूमिकालाई अझै जिम्मेवार र प्रभावकारी बनाउन कांग्रेस प्रतिवद्ध रहेको बताए । 

“प्रतिपक्षको भूमिकाले नागरिकको जीवनलाई कहिँ पनि कुनै पनि असर परेको पक्कै छैन भन्ने हाम्रो विश्वासका बाबजुद आमनागरिकको भावना बमोजिम हाम्रो भूमिकालाई आगामी दिनमा अझ जिम्मेवार र प्रभावकारी बनाउन प्रतिवद्ध छौं,” प्रवक्रा शर्माले भने । 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC