विदेश
काठमाडौं । भारतको आसाम प्रदेशको राज्य बाल अधिकार संरक्षण आयोगकी अध्यक्ष रुनुमी गोगोईलाई भारतीय जनता पार्टीको सरकारले हटाउने तयारी गरेको छ ।
आउटलुक नामक पत्रिकाले आसामबाट केटीहरूको अवैध ओसारपसार गरिएको रहस्योद्घाटन गरेपछि गोगोईले केन्द्रीय बाल अधिकार संरक्षण आयोगको ध्यानाकर्षण् गरेर पत्र लेखेकी थिइन् । आसामका आदिवासी जनजातिका छोरीहरू ३१ जनालाई भाजपाको माउ संस्था मानिने राष्ट्रिय स्वयं सेवक समाज (आरएसएस)का तीन जना पादधिकारीको संलग्नतामा गुजरात र पञ्जाब लगिएको रहस्य पत्रिकाले खुलाएको थियो । आउटलुकका अनुसार त्यसपछि गोगोईले कारबाहीको माग गरेर पत्र लेखेकी थिइन् ।
‘आयोगको अध्यक्ष पदमा रहने हो भने प्रतिवेदन बदल्न’ गोगोईलाई केन्द्रले दबाब दिएको पनि आउटलुकले देखेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन १८, २०७३ १०:३६
प्रतिक्रिया दिनुहोस्