site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस सभापति देउवा र एनडीआई प्रमुखबीच भेटवार्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेशनल डेमोक्रेटिक इन्स्टिच्युट (एनडीआई) का प्रमुखबीच भेटवार्ता भएको छ । 

सोमबार बेलुका ५ बजे सभापति देउवाको निजी निवास बुढानिलकण्ठ पुगेर देउवासँग बर्माका लागि अमेरिकी पूर्वराजदूतसमेत रहेका एनडीआई प्रमुख डिरेक मिशेल, एनडीआईका एसिया-प्यासिफिक क्षेत्रका क्षेत्रीय निर्देशक मनप्रित सिंह आनन्द र नेपालका लागि सिनियर कन्ट्री डाइरेक्टर डेबोरा हेलीले भेट गरेको सभापति देउवाको सचिवालयले जानकारी दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भेटका क्रममा सभापति देउवाले नेपालीले लोकतन्त्रको पक्षमा काम गरिरहेको बताएका थिए । एनडीआई प्रमुख मिशेलले नेपालमा कम्युनिस्ट पार्टीको सरकार आएपछि कस्तो छ भन्‍ने प्रश्नमा सभापति देउवाले भने, "प्रजातन्त्र , प्रेस, मानवअधिकारको हनन भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने पार्टी नेपाली कांग्रेस हो ।" 

एनडीआईले गरेको सहयोगप्रति सभापति देउवाले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गरे । 

Global Ime bank

एनडीआई अमेरिकाबाट लोकतन्त्रका पक्षमा काम गर्ने एक गैरनाफामुखी संस्था हो । यसले विश्वभर रहेका लोकतान्त्रिक संस्थाहरुलाई बलियो बनाउने विषयमा काम गर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC