site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भीम रावलको कटाक्ष : सूर्य अचेल केपी ओलीको गाउँबाट उदाउँछ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीमाथि कटाक्ष गरेका छन् । सोमबार काठमाडौंमा आयोजित सीमासम्बन्धी अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीप्रति कटाक्ष गरेका हुन् । 

उनले सूर्य अचेल केपी ओलीको गाउँबाट उदाउने गरेको भन्दै ओलीलाई कटाक्ष गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

“कोही कोही मान्छे त भन्थे, सूर्य भीम रावलको गाउँ पश्चिमबाट उदाउँछ । सूर्य झापाबाटै उदाएको देख्छु । अग्ला अग्ला टावर बनाउँदा पनि त्यही बनेको देख्छु । हुँदा हुँदा प्रदेशको नाम राख्दा १ नम्बर पनि उतैबाट राखेको देख्छु,” नेता रावलले भने, “अनि महोदयहरु, सुदूरपश्चिमबाट कहाँ सूर्य उदायो मलाई देखाइदिनुस् न । मैले क्षेत्रीयताको कुरा गरेको होइन । इतिहासका यथार्थका पाना पल्टाएको मात्र हो ।” 

उनले आफूले राष्टियताको कुरा उठाउँदा पार्टी भित्रै प्रतिपक्षी भनिएकोमा पनि असन्तुष्टि जनाए । उनले आफू प्रतिपक्षी नभई पार्टीको प्रतिरक्षक भएको पनि बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC