site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
शरद अरबिन्द बोब्डे भारतको प्रधानन्यायाधीशमा नियुक्त
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । भारतको ४७औं प्रधानन्यायाधीश पदमा न्यायाधीश शरद अरबिन्द बोब्डे नियुक्त भएका छन् ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित विशेष समारोहमा न्यायाधीश बोब्डेलाई प्रधान न्यायाधीशको पद तथा गोपनीयताको शपथ गराए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधान न्यायाधीश रन्जन गोगोईको कार्यकाल समाप्त भएका कारण न्यायाधीश बोब्डे प्रधान न्यायाधीश भएका हुन् । गोगोई करिब १३ महिना भारतको प्रधान न्यायाधीश भएका थिए । उनले यही नोभेम्बर १७ मा अवकाश प्राप्त गरेका थिए ।

शपथग्रहण कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह समेतका उच्च पदस्थ व्यक्ति उपस्थित थियो । 

Global Ime bank

न्यायाधीश बोब्डे सन् १९५६ मा भारतको महाराष्ट्रस्थित नागपुरमा जन्मिएका हुन् । उनले नागपुर विश्वविद्यालयबाट कानुनमा एलएलबी र बिए सम्मको अध्ययन गरेका थिए ।

भारतीय उच्च अदालतमा न्यायाधीश रहेर सेवा गर्नुभएका उनी सन् २०१३ मा भारतीय सर्वोच्च अदालतको न्यायाधीशमा पदोन्नति भएका थिए । न्यायाधीश बोब्डेले आगामी सन् २०२१ को अप्रिल १३ मा अवकाश प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC