site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लाइभ रहनका लागि समासङ ग्यालेक्सी ए७०एस
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामसङले ग्यालेक्सी ए शृंखलामा नयाँ स्मार्टफोन थपेको छ । कम्पनीले ग्यालेक्सी ए७०एस नेपाली बजारमा उपलब्ध गराएको हो ।

नयाा फोनमा ग्यालेक्सीको अत्याधुनिक इनोभेसन समाविष्ट छ । नयाँ ग्यालेक्सी ए७०एस मा ६४ मेगापिक्सलको प्राइमरी सुटरको साथ ट्रिपल क्यामरा सेटअप, आकर्षक नयाँ डिजाइन, सम्पूर्ण भिजुअल अनुभव, शक्तिशाली ब्याट्री एवं सहजै कनेटक्ट गर्न सकिने सुविधा उपलब्ध छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यो फोन डिजिटल युगका प्रयोगकर्ताहरु जो आफ्नो जीवनको वास्तविक स्वरुपमा क्याप्चर, कनेक्ट एवं सेयर गर्न चाहनु हुन्छ, उनीहरुका लागि निर्माण गरिएको हो । यस समूहको सबैभन्दा उत्कृष्ट ६४ मेगापिक्सलको प्राइमरी क्यामरा एवं नाइट मोड तथा सुपर स्टेडी भिडियोको साथ ग्यालेक्सी ए७०एस स्मार्टफोन फोटोग्राफी एवं भिडियोग्राफीको लागि अझै उत्कृष्ट बन्न पुगेको छ ।

“सामसङ सदैव उपभोक्ता केन्द्रित रहँदै आएको छ,” सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले भने, “आजका उपभोक्ताहरुले आफ्नो फोनको भरपुर उपयोग गर्ने गर्दछन् । फोनको माध्यमबाट उहाँहरु आफ्नो अनुभवलाई आदान प्रदान तथा दोस्रो व्यक्तिहरुसँग कनेक्टेड रहनुहुन्छ ।”

Global Ime bank

नयाँ ग्यालेक्सी ए७०एस मा उल्लेखनीय विशेषता रहेको छ, यसमा ६४ मेगापिक्सलको क्यामरा, एक्सन भिडियो सुट गर्नको लागि सुपर स्टेडी मोड एवं कम उज्यालोको अवस्थमा पनि उत्कृष्ट फोटो खिच्नको लागि नाइट मोड रहेको छ । यसमा एआई गेम बुस्टर, ४५ सय एमएएचको ब्याट्री, तथा २५ वाटको सुपरफास्ट चार्जिङ्ग जस्ता विशेषताहरुले आजका युवाहरुको सम्पूर्ण आवश्यकतालाई सहजै पूरा गरी स्मार्टफोनको उत्कृष्ट अनुभव प्रदान गर्दछ ।

यस्ता छन् विशेषता :

१) ६४ मेगापिक्सलको ट्रिपल रियर क्यामरा, नाइट मोड, एक्सन भिडियो खिच्ने क्षमता, ८ मेगापिक्सलको अल्ट्रावाइट क्यामरा, १ सय २३ डिग्रीको भ्युइङ कोणबाट फोटो खिच्न सकिने, ५ मेगापिक्सलको लाइभ फोकस लेन्स, इनोभेटिभ अलाइभ क्यामरा फिचर उपलब्ध, इन्टलिजेन्ट सिन अप्टिमाइजर, 
२) ६.७ इन्चको एफएचडी इन्फिनिटी–यू डिस्प्ले, गेमिङ, भिडियो हेर्न, मल्टिटास्किङ, ब्राउजिङमा उत्कृष्ट भिज्युअल अनुभव, सुपर एमोलेड प्रविधिको प्रयोग, उत्कृष्ट क्रिस्प भिडियोको स्ट्रिमिङ, डल्बी एटमसमार्फत् ३६० डिग्री सराउन्ड साउन्डको अनुभव
३) अक्टाकोर क्वालकोम स्न्यापड्र्यागन ६७५ प्रोसेसर, ६ जीबी र्‍याम, एआई पावर्ड गेम बुस्टर, 
४) शक्तिशाली ४५ सय एमएएचको ब्याट्री, २५  वाटको सुपरफास्ट चार्जिङ
५) जियोमेट्रिक प्याटर्न एवं  पछाडी भविष्यगामी होलोग्राफिक इफेक्ट भएको आकर्षक डिस्प्ले, स्टाइलिस्ट लुक एन्ड फिल, ७.९ मिमि स्लिीम,
६) तीन रंगहरुमा उपलब्धः प्रिज्म क्रस रेड, प्रिज्म क्रस ह्वाइट, प्रिज्म क्रस ब्ल्याक
७) मूल्यः ४८ हजार ८ सय ९० रुपैयाँ (६ जीबी र्याम : १२८ जीबी रोम)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC