site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सन्दीपको टिम कर्नाटका पराजित
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित कर्नाटका टुसकेर्सले युएईमा जारी टि–१० क्रिकेट लिगमा पराजित भएको छ । सोमबार भएको खेलमा कर्नाटका  डेकन ग्लाडीयटर्ससँग पाँच विकेटले पराजित भएको हो ।

कर्नाटकाले दिएको १११ रनको लक्ष्य ग्लाडीयटर्सले ८ ओभर ३ बलमा पाँच विकेट गुमाउँदै १११ बनायो । ग्लाडीयटर्सका लागि किरोन पोलार्डले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै भानुस्का राजपाकसले २७ रन जोड्दा मोहमद साजादले १३ बनाउँदा डेनियस लोरेन्सले ११ रन जोडे ।

Agni Group

यसअघि आबु धाबीमा टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ११० रन बनायो । कर्नाटकाका लागि जोन्सन चार्ल्सले ३५ रनको योगदान गरे । यस्तै कप्तान हसिम अल्मलाले अविजित ३२ रन जोड्दा एभिन लुइसले २३ जोड्दा  रोस व्हाइट्लीले १३ रन बनाए ।

बलिङतर्फ ग्लाडीयटर्सका जाहिर खान, फवाद अहमेद र मिगेल प्रेटोरिएसले समान एक-एक विकेट लिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC