site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ग्लोबल आइएमईको जनतासँग मर्जर पक्का
Sarbottam CementSarbottam Cement

काठमाडौं । ग्लोबल आइएमई बैंकको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आव २०७५-०७६ मा आफ्ना सेयरधनीलाई १२.७५ प्रतिशत बोनश सेयर र १२.७५ प्रतिशत नगद लाभांश गरी २५.५ प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै बैंकको साधारणसभा सम्पन्न भएको हो ।

बैंकले गत आवमा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बोनश सेयर वितरण पश्चात बैंकको चुक्तापुँजी ११ अर्ब ७६ करोड रुपैयाँ पुग्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

साथै, साधारणसभाले जनता बैंक नेपाललाई ग्लोबल आइएमई बैंक लिमिटेडमा गाभ्ने प्रस्ताव पनि पारित गरेको छ । साधारणसभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैक समक्ष अन्तिम स्वीकृती प्राप्त गरी ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भइरहेको बैंकले जनाएको छ । साधारण सभाले बैंकको अधिकृत पुँजी १६ अर्ब रुपैयाँलाई वृद्धि गरी २५ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्तावसमेत पारित गरेको छ ।

साधारणसभामा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकले मंसिर महिनाभित्र एकीकृत कारोबार सुरुगर्ने योजना रहेको बताए । मर्जरपछि ग्लोबल आइएमई देशकै सबैभन्दा ठूलो र सबल बैंक बन्ने बताउँदै उनले सेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमती गरेका थिए भने कार्तिक ८ गते मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

Global Ime bank

मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यस्तै मर्जरपछि बन्ने बैंकको कार्यकारी प्रमुख अधिकृत परशुराम कुँवर क्षेत्री र वरिष्ठ नायव कार्यकारी प्रमुख अधिकृत महेश शर्मा ढकाल हुने सहमति भएको छ ।

मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ । बैंकको चुक्तापुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १० अर्बभन्दा बढी र कुल कर्जा लगानी करिब २ खर्ब पुग्नेछ । त्यस्तै बैंकको शाखा सञ्जाल करिब ३ सय तथा सेवा केन्द्रको संख्या ८ सय ५० भन्दा बढी हुनेछ । बैंकमा ३ हजार २ सय ५० भन्दा बढी कर्मचारीहरु रहनेछन् ।त्यस्तै बैंकको २ सय ५६ एटीएम, २ सय ४१ शाखा रहित बैंकिङ सेवा, ३३ एक्सटेन्सनतथा राजस्व संकलन काउन्टर ३ वटा वैदेशिक सम्पर्क कार्यालय र करिब २० लाख ग्राहक संख्या रहने बैंकले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC