site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पूजा बोहरा प्रकरण : दोषीलाई साढे ११ वर्ष कैद, पीडकबाट पाँच लाख क्षतिपूर्ति भराइने
Ghorahi CementGhorahi Cement

काठमाडौं । सर्वोच्च अदालतले वैतडीकी पूजा बोहराका बलात्कारीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको छ । 

पुनरावेदन अदालतको फैसला कात्तिक ७ गते उल्टाएको सर्वोच्च अदालतले बलात्कारीहरुलाई आज सजाय निर्धारण गरेको छ । न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाउँदै सागर भट्ट र अमरराज अवस्थीलाई सजाय निर्धारण गरेको हो । 

सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले बलात्कारमा संलग्न भट्ट र अवस्थीलाई न्यायाधीशद्वय मल्ल र फुयाँलकै इजलाशले सोमबार साढे ११ वर्ष जेल सजाय निर्धारण गरेको बताए । बलात्कार कसूरमा साढे ६ वर्ष र सामूहिक बलात्कार कसूरमा ५ वर्ष गरी उनीहरुलाई साढे ११ वर्ष कैद सजाय सुनाइएको हो । 

Agni Group

त्यस्तै, फैसलामा पीडित बोहरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि भनिएको छ । पीडक भट्ट र अवस्थीबाट जनही साढे २ लाख गरी ५ लाख र सरकारकातर्फबाट पाँच लाख गरी १० लाख क्षतिपूर्ति पीडितलाई भराइने ढकालले बताए ।

यसअघि जिल्ला अदालत बैतडीले बलात्कार मुद्दामा भट्ट र अवस्थीलाई १३ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । त्यसपछि भट्ट र अवस्थी पुनरावेदन अदालत महेन्द्रनगर गएका थिए । 

Global Ime bank

पुनरावेदन अदालतका न्यायाधीश नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले २०७१ वैशाख १५ गते जिल्ला अदालतको फैसला उल्ट्याउँदै बलात्कारको आरोप प्रमाणित हुने अवस्था नदेखिएको भन्दै सफाई दिएको थियो । पुनरावेदनको सो फैसलापछि बोहरा बलात्कारको मुद्दा सर्वोच्च अदालत पुगेको थियो । ०७१ पुस २ गते सर्वोच्चमा दायर सो मुद्दामा आज सजाय निर्धारण गरिएको हो । 

२०६८ चैत ९ गते गेसपेपर किन्न स्टेशनरी पसलमा पुगेकी बोहरालाई बलात्कार गरिएको थियो । बोहरा पसल नजीकैको नालीमा अचेत अवस्थामा फेला परेकी थिइन् ।

घटनापछि विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले जाहेरी दिएका थिए । तर, प्रहरीले जाहेरी लिन मानेको थिएन । विद्यार्थीले बोहरा बलात्कारको विषयलाई लिएर बजार बन्द गरेपछि प्रहरीले भट्ट र अवस्थीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । 

यो पनि, 

 पूजा बोहरा प्रकरण : सर्वोच्चले सजाय तोक्न बाँकी 

पूजा बोहराको बलात्कार मुद्दामा पुनरावेदनको फैसला सर्वोच्चले उल्टायो, अब सजाय निर्धारण हुने 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १८:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC