site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
 पुलिस चन्द्रागिरी गोल्डकपको क्वाटरफाइनलमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभागीय नेपाल पुलिस क्लब राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पुलिसले जावलाखेलमाथि २-१ को पुनरागमन जित निकाल्दै प्रतियोगिताको अन्तिमा आठमा स्थान बनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पुलिसको जितमा भोला सिलवाल  र प्रवेश दनुवारले एक-एक गोल गरे । जावलाखेलका लागि विदेशी खेलाडी एडमा डम्बियाले एक गोल फर्काए ।

नैकाप फुटबल मैदानमा सोमबार भएको खेलको चौथो मिनेटमा नै एडमा डम्बियाको गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए ।

Global Ime bank

पहिलो गोल गरेसँगै खेलमा हौसिएको जावलाखेलले पुलिसलाई लगातार दवावमा राखेपनि थप गोल गर्न सकेन । 

खेलको ५३ औँ मिनेटमा सुमन लामाको उत्कृष्ट मुभमा भोला सिलवालले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए ।  खेलको ७४ औँ मिनेटमा प्रवेश दनुवारले वान भर्सेस वानको अवस्थामा गोल गर्दै पुलिसलाई २–१ को पूनरागमन जित दिलाए ।

अब पुलिसले क्वाटरफाइनलमा गत वर्षको विजेता च्यासल युथ क्लबसँग ७ मंसिरमा प्रतिस्पर्धा गर्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC