site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
६० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडियो
Sarbottam CementSarbottam Cement

काठमाडौं । माथिल्लो त्रिशुली थ्री ‘ए’ आयोजनाले व्यवसायिक विद्युत उत्पादन सुरू गरेको छ । आयोजनाको पहिलो र दोस्रो युनिटले उत्पादन थालेका हुन् । 

यससँगै ६० मेगावाट विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । रसुवामा रहेको आयोजनाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको ‘एक्सन रुप’ बाट उद्घाटन गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रलाई बलियो जगमा उभ्याउने बताए । सरकार देशलाई बलियो अर्थतन्त्रको जगमा उभ्याउन अग्रसर रहेको भन्दै उनले यस आयोजनाको सञ्चालनले विद्युत आयात कम गरी विद्युतीय ऊर्जालाई कृषिको आधुनिकीकरण र उद्योग सञ्चालनमा लगाउन मदत पुग्ने बताए । “निर्माणको चरणमा रहेका यस्ता धेरै आयोजना सम्पन्न गरेर मुलुकलाई बलियो अर्थतन्त्रको जगमा उभ्याउँदै छौं”,उनले भने । 

प्रधानमन्त्री ओलीले विकासका दूरगामी आयोजनाहरु निर्माण गर्दा अनुचित मुआब्जा खोज्ने प्रवृत्तिले विकास निर्माणमा ढिलाई र लागत बढ्ने गरेको पनि बताए । 

Global Ime bank

“आफूले कर तिर्दा कमभन्दा कम मूल्य राख्ने र मुआब्जा लिनु पर्दा बढी रकम खोज्ने प्रवृत्ति बढेको छ” उनले भने, “यसबाट कम मूल्यमा धेरै विकास परिमाण हासिल गर्न र समयमै पूर्वाधार विकासको काम सक्न अवरोध पुग्ने गरेको छ । यस्तो प्रवृत्तिलाई त्याग्नु पर्छ ।” 

यो आयोजना सुरुमा अनुमान गरिए भन्दा करिब ३ अर्ब बढी लागतमा निर्माण सम्पन्न भएको हो । सुरुमा आयोजनाको अनुमानित लागत १४ अर्ब ४३ करोड थियो । 

निर्माण सम्पन्न हुँदासम्म लागत बढेर १७ अर्ब ३२ करोड पुगेको जनाइएको छ । नेपाल विद्युत प्राधिकरण र चिनियाँ एक्जिम बैकको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी आयोजना सम्पन्न भएको हो । ६० मेगावाटको आयोजना हिउँदमा भने करिब ४५ मेगावाट विद्युत उत्पादन गर्ने जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC