site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल बंगलादेशसँग पराजित
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसीसी इमर्जिङ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल बंगलादेशको यू-२३ टिमसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको १३९ रनको सामान्य लक्ष्य बंगलादेशले २४ ओभरमा २ विकेट गुमाउँदै पूरा गरको हो ।

बंगलादेशको लागि नजमोल हुसेनले अविजित रहदै ५९ रनको अर्धशतकीय पारी खेले । यस्तै मोहमद नाइमले ४५ तथा यासिर अलीले अविजित १८ रन बनाए । नेपालका सुशन भारी र करण केसीले एक-एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा अलआउट हुँदै १३८ रन बनाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालले सुरुआती १७ ओभरको खेल सकिँदा नेपालले ४ विकेट गुमाएर मात्र ५३ रन बनाएको थियो । नेपालले आफ्नो पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई १० रनमा गुमाएमको थियो ।  नेपालले दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई २२ रनमा गुमाउँदा तेस्रो विकेटको रुपमा शरद भेषवाकरलाई १ रनमा गुमाएको थियो ।

दिपेन्द्र ऐरी ६ रन बनाएर आउट भए । नेपालका लागि सोमपाल कामीले सर्वा्धिक ३८ रनको योगदान गरेका थिए । त्यस्तै करण केसीले १८ रन जोड्दा आरिफ शेखले ११ रन बनाउँनु बाहेक अन्य ब्याट्म्यानले दोहोरो रन जोड्न सकेनन् ।

Global Ime bank

बलिङतर्फ बंगलादेशका लागि सुमोन खान र सायद अविदिनले समान तीन–तीन विकेट लिए । त्यस्तै तनविर स्लाम र महदी हसनले समान दुई-दुई विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC