site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालद्वारा बंगलादेशलाई १३९ रनको सामान्य लक्ष्य  
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसीसी इमर्जिङ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १३९ रनको सामान्य लक्ष्य दिएको छ । बीकेएसपीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३८ रन बनाएको हो । नेपालले सुरुआती १७ ओभरको खेल सकिँदा नेपालले ४ विकेट गुमाएर मात्र ५३ रन बनाएको थियो । नेपालले आफ्नो पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई १० रनमा गुमाएमको थियो । 

नेपालले दोस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ललाई २२ रनमा गुमाउँदा तेस्रो विकेटको रुपमा शरद भेषवाकरलाई १ रनमा गुमाएको थियो । दिपेन्द्र ऐरी ६ रन बनाएर आउट भए । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३८ रनको योगदान गरेका थिए । त्यस्तै करण केसीले १८ रन जोड्दा आरिफ शेखले ११ रन बनाउँनु बाहेक अन्य ब्याट्म्यानले दोहोरो रन जोड्न सकेनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बलिङतर्फ बंगलादेशका लागि सुमोन खान र सायद अविदिनले समान तीन–तीन विकेट लिए । त्यस्तै तनविर स्लाम र महदी हसनले समान दुई–दुई विकेट लिए । 

समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको हो । नेपाललाई अघिल्लो चरण प्रवेशको लागि बंगलादेशविरुद्व जित निकाल्नै पर्ने दबाब छ । ढाकामा बिहीबार भएको पहिलो खेलमा नेपाल भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो । यस्तै शनिबार दोस्रो खेलमा हङकङलाई ४० रनले पराजित गरेको थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC