site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
केकीलाई पूर्व राजा ज्ञानेन्द्रले भने– म चिन्छु तपाईंलाई, फिल्म पनि हेरेको छु
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले नायिका केकी अधिकारीलाई आफूले चिनेको र उनका चलचित्र पनि हेरेको बताएका छन् । 

शनिबार राति ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स नेपाल रेस्टुरेन्टमा पुगेका ज्ञानेन्द्रले केकीका चलचित्र आफूले हेरेको र उनलाई चिनेको बताएका हुन् । 

“रेस्टुरेन्टमा आएपछि हामीलाई ओनरले परिचय गराइदिनु भयो । परिचय गराउने क्रममा ओनरले उहाँ चाहिँ नायिका केकी अधिकारी भनेपछि पूर्व राजाले म उहाँलाई चिन्छु, उहाँका चलचित्र पनि हेरेको छु भन्नुभयो,” केकीले बाह्रखरीसँग भनिन्, “उहाँले मलाई चिन्छु र चलचित्र पनि हेरेको छु भन्नुभयो, मलाई त अचम्म लाग्यो । मेरा लागि एउटा कलाकारका लागि त्यती भन्नु पनि ठूलो कुरा हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

केकीले पूर्व राजाले आफूहरुसँग सौहार्दपूर्ण वातावरणमा सहज तरिकाले तस्बिर पनि खिचेको बताइन् । 


कमेडी च्याम्पियन ‘शो’को भेन्यू खोज्ने क्रममा मिटिङमा केकीसहित विशाल भण्डारी र रिमा विश्वकर्मा लर्ड अफ द ड्रिङ्क्स नेपाल रेस्टुरेन्टमा पुगेका थिए । पूर्व राजा ज्ञानेन्द्रसहति राजपरिवारका सदस्य सोही रेस्टुरेन्टमा आउने थाहा पाएपछि केही समय कुरेको केकीले बताइन् । 

Global Ime bank

“हामी पब्लिक फिगर भएकाले हामी बाल्कोनीबाट तल झर्दैन थियौं, तर उहाँ (पूर्वराजा ज्ञानेन्द्र शाह) तल सबै नागरिक भए ठाउँमा झरेर सबैसँग हात मिलाउनु भयो । मिजासिलो भएर घुलमिल हुनुभयो,” केकीले भनिन् । 

पूर्वराजा ज्ञानेन्द्रले अवस्था अनुसार आफूलाई परिवर्तन गर्दै वास्तविकता स्विकार गरेको आफूले अनुभव गरेको उनको भनाइ । 

साढे ११ बजे पुगेका ज्ञानेन्द्र राति १ बजे निर्मल निवास फर्फिएका थिए । 


तस्बिरः लर्ड अफ द ड्रिङ्क्स नेपाल 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC