site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जनतालाई पटकपटक सास्ती दिन सकिन्छ तर सधैँका लागि जित्न सकिँदैन । लाग्छ, नेपाली जनता पुराणमा वर्णित देउता हुन् । दानवहरूले पटकपटक जितेर स्वर्गबाट लखेटे पनि अन्ततः कुनै न कुनै उपाय वा कसै न कसैको सहयोगबाट उनीहरू स्वर्गमा फेरि फर्कन्छन् । शासकहरूका प्रियपात्र ठेकेदारहरूले काठमाडौंमात्र हैन देशभर निर्माण कार्यको ठेक्का लिने र काम नगरी अलमल्याउने गरेर जनतालाई सताउनुसम्म सताएका छन् । यस्ता सडक वा अन्य निर्माण सम्भार परियोजनाको नाम गनेर पनि साध्य छैन । सम्भवतः सरकारको कुनै निकायसँग पनि यसरी अलपत्र पारिएका योजनाको विवरण छैन । तर, जनताले यी धिङ्न्याहाहरूलाई तह लगाउने उपाय पहिल्याएजस्तो छ । नगरकोट जाने सडक खनेर अलपत्र छाड्ने ठेकेदारको तस्बिर छापिएको पोस्टर मोटर र बाटाघाटामा टाँस्न थालेपछि धमाधम काम थालिएको समाचार छ । 

नगरकोट सडकमा भएको लापरबाहीबाट आजित भएका जनताले ठेकेदारलाई तह लगाउन गरेको उपाय काम थालेको छ । त्यहाँ धमाधम काम भइरहेको बताइएको छ । नगरकोटमा काल लागेको देखेपछि अन्यत्र पनि त्यस उपायको सिको हुन थालेको छ । खाडीचैर — चरीकोट खण्डको सडक विस्तारमा पनि ठेकेदारले काममा लापरबाही गर्दा जनता आजित भएका थिए । त्यहाँ पनि ठेकेदारको तस्बिर छापिएको पोस्टर जताततै टाँस्न थालिएको छ । सम्भवतः चरीकोट सडकमा पनि नगरकोटको उपाय काम लाग्नेछ । हुनत, नगरकोट सडकमा भक्तपुरमा प्रदेशसभाको उपनिर्वाचनका कारण सुरु भएको अनुमान पनि गरिएको छ । त्यहाँका ठेकेदार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षका घरबेटी भएकाले चुनावमा नराम्रो सन्देश जान नदिन काम थालिएको पनि हुनसक्छ । तर, ठेकेदारको बदमासी सार्वजनिक गर्ने जनताको अभ्यासले तिनलाई पक्कै पनि तर्साएको छ । 

ठूला निर्माण कार्यमा यस्ता शासकहरूका कृपापात्रहरूले राज्यको ढुकुटीमा खुलायाम डकैती गरेका छन् भने ससाना निर्माण परियोजनामा स्थानीय तहका पदाधिकारीले जनतालाई दुःख दिइरहेका समाचार सार्वजनिक भएका छन् । स्थानीय तहबाट सञ्चालन गरिएका निर्माण योजनामा पादधिकारीहरूले आफ्ना निर्माण औजार भाडामा प्रयोग गर्न उपभोक्ता समितिलाई दबाब दिने त्यसो नगर्नेहरूको भुक्तानी नदिने गरेको समाचार सार्वजनिक हुन थालेको छ । अहिले प्रदेश नम्बर ३ मा पर्ने मकवानपुर र धादिङबाट यस्ता समाचार आएका छन् । ठेकेदारको तस्बिर सार्वजनिक गर्ने उपायको सिको गरिएजस्तै स्थानीय तहमा हुने यस्ता बदमासीहरू पनि बिस्तारै उजागर हुनेछन् । त्यसले समस्या समाधानमा सहयोग पनि पुग्नेछ । ठेकेदारको तस्बिर प्रदर्शनदेखि स्थानीय तहका पदाधिकारीसम्मको पोख खोल्ने अभियानले सम्बन्धित जनता जुझारु र सजग हुने हो विसंगति अन्त्य गर्न सम्भव छ भन्ने सन्देश दिएको छ । अर्थात्, अन्याय र शोषण नसहने हो जनता पनि उत्तिकै चनाखो र संघर्षशील हुनु जरुरी रहेछ । सहनुको पनि त सीमा हुन्छ नि ! 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC